प्रचण्डसँग किन भेटे दीपक मनाङेले ? सामाजिक सञ्जालमा चौतर्फी आलोचना


प्रचण्डसँग किन भेटे दीपक मनाङेले ? सामाजिक सञ्जालमा चौतर्फी आलोचना

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सामाजिक संजालमा प्रचण्डसंगको तस्बिर सार्बजनिक भए संगै चौतर्फी आलोचना बढेको छ । नेकपा एमालेबाट गण्डकी प्रदेशका खेलकुद मन्त्रि समेत बनेका थिए ।

विवादित पृष्ठभूमिका मनाङे यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजिकका थिए । अहिले भने विपक्षी गठबन्धनमा रहेका मनाङे कांग्रेस नेतृत्वमा बनेको गण्डकी सरकारका मन्त्री हुन् ।

समय अनुसार राजनैतिक पार्टी परिबर्तन गर्दै अघि बढेका मनाङे हाल प्रचण्ड संगको भेटघाटपछी सबैले आलोचना गर्न थालेका छन ।