मन्दिरबाट चोरिएका ११ मूर्तिसहित दुई जना पक्राउ


लेखक : लेखापढी      ७ असार २०७८, सोमबार १९:५२ मा प्रकाशित     
मन्दिरबाट चोरिएका ११ मूर्तिसहित दुई जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४, काठमाडौंको कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रूपनायाण शाह रहेका छन् । 

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो ।  प्रहरीमा प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई मूर्तिसहित गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •