प्रेमसिंह धामीको मूर्ति बनाउँदा : संस्मरण


[ss_social_share]
लेखक : लेखापढी      ६ असार २०७८, आईतवार १७:३६ मा प्रकाशित     
प्रेमसिंह धामीको मूर्ति बनाउँदा : संस्मरण

देशभक्त नेताको सालिक बनाउने काम पाउँदा मलाई प्रोत्साहन भएको थियो । नेपालको दुर्गम क्षेत्रका देशभक्त सांसदको त्रिशुलीबाट आउँदै गर्दा बाटामा मोटर दुर्घटना भएर मृत्यु भएको थियो ।

उहाँले देशको मर्म, जनताको मर्मलाई राम्ररी बुझ्नुभएको थियो । उहाँले देश र जनताको मर्मका बारेमा साहित्य मार्फत आफना विचार सम्प्रेषण गर्नुभएको थियो । जनताको बीचमा देश दुखेको छ भनी आफ्ना उद्गार दिनुभएको थियो ।

जनताका देशभक्त नेताको अकालमै दुर्घटना भई मृत्यु भएको हुँदा देश र जनताको ठूलो क्षति हुने गरेको छ । यसरी धेरै मानिसहरु दुर्घटना भएर मरिरहेका छन् । तैपनि देश र जनताका वीचमा लोकप्रिय कार्य गर्दैगर्दा दुुर्घटनामा मृत्यु हुनु परेको खबर धेरैका बिचमा दुःखको घटना हो । उनी जस्ता महान् देशभक्तहरुले देश र जनताका बिचमा धेरै काम गर्नुपर्ने हुन्छ । उहाँहरु धेरै वर्षसम्म बाँचेर जनताको मुक्तिका लागि धेरै कार्य गर्न पाउने यथार्थ भएमा त्यसो हुन सके देशले समृद्धि पाउने थियो ।

मैले देशभक्त नेता प्रेमसिंह धामीको मूर्ति ढुङ्गामा कुँदेर प्रतिमूर्ति बनाउँदै छु ।

असल विचारका मान्छेहरु काम गर्दैरहेको बेलामा कार्य पुराना हुँदै कार्य अधकल्चो अवस्थामा विभिन्न कारण पुरा हुन नदिई अकालमै मरेका कारण जनताले धेरै क्षति खेप्नु परेको छ ।

मच्छेगाउँको ढुङ्गाखानीमा शालिक बनाउन पुग्ने साइजको ढुङ्गाको मुढा मोलमोलाई पछि किनेर सोही दिनमै घर ल्याएको थिएँ ।

मैले देशभक्त नेता प्रेमसिंह धामीको मूर्ति ढुङ्गामा कुँदेर प्रतिमूर्ति बनाउँदै छु । तत्कालीन विद्यार्थी नेताका तर्फबाट अर्डर भई काममा लागेको थिएँ । करिब दश दिन भित्रमा मूर्ति बनाएर सक्नुपर्छ भनी भनिएको हुँदा बनाई सकेपछि दार्चुलामा राखिने छ भनिएकोले म काममा धेरै नै जुटनुपर्यो । मैले केही ढुङ्गा खोजीमा लगाएँ । मच्छेगाउँको ढुङ्गाखानीमा शालिक बनाउन पुग्ने साइजको ढुङ्गाको मुढा मोलमोलाई पछि किनेर सोही दिनमै घर ल्याएको थिएँ । मूर्ति बनाउने कालो ढुङ्गा जहाँतहीँ भेटिने अवस्था पनि हुँदैन त्यसैले गर्दा ढुङ्गाखानीमा भेटिने सम्भावना हुन्छ । यसरी ढुङ्गा घर ल्याएर देशभक्त सांसदको मूर्ति ढुङ्गा खोपेर दश दिनमै बनाइ सिध्याउने अठोट लिएको थिएँ र म देशभक्त नेताको सालिक बनाउने अवसरको उपयोगमा लागेको थिएँ ।

हामीले जनतालाई झुक्याउने र छलेर व्यक्तिगत स्वार्थको मौका छोपिरहेको कुरालाई टड्कारै देख्न पाएका छौ ।

हामी अन्तर्राष्ट्रियवादले ओतप्रोत नेता, ख्याति कमाएका नेता, जनताको विषयमा सधैं चिन्तित नेता कमै पाउन सकेको अवस्थामा छौं । मौका पाउनसाथ व्यक्तिवादी चरित्रले गर्दा अहिलेका नेता भनाउँदाले जनताको मर्म बुझ्न सकेका छैनन । हामीले जनतालाई झुक्याउने र छलेर व्यक्तिगत स्वार्थको मौका छोपिरहेको कुरालाई टड्कारै देख्न पाएका छौ । जनआन्दोलनको भावनालाई लत्याउने र भ्रम सिर्जना गरी आफ्ना स्वार्थमा लागेका अवस्थामा प्रेमसिंह धामी जस्ता देशभक्त नेताले साहित्य मार्फत झापड हान्नुभएको छ । भारतीय विस्तारवादले हड्पेको कालापानीले देशको मन दुःख्छ, अनुहार निन्यााउरो हुन्छ, छाती बेस्सरी चिरिन्छ । हामीमा देशभक्तिको भावना हुन्छ भने देशका दुखी गरिब जनताका मर्म देशभक्तिका भावनाले भरिपूर्ण यस्ता घटनाबाट प्रभावित हुूदैं जान्छा्ैं । नेपाली जनताको यस्तो भावनाले गर्दा देशलाई माया गर्ने बानी सिकाउूदै जानु पनि अहिलेको हाम्रा अति आवश्यक कार्य मान्न सकिन्छ ।

किन हो कुन्नि, यति छिटो अवधिमा ढुङ्गाको सालिक दश दिनभित्रै बनाउँछु भनी मैले अर्डर लिएँ । यति छिटो अवधिमा अहिलेसम्म मैले ढुङगाको सालिक बनाउने कार्य पहिला गरेको थिइन् । भावनात्मक विषयमा आत्माबल बढाएर गर्नुपर्छ र दश दिनमै सकिने छ भन्ने जिम्मेवारीलाई पूरा गर्नसक्छु भनी मूर्तिलाई निरन्तर कुूदेर समयमै तयार पारेको थिएँ ।

दार्चुलाको खलङ्गामा सो सालिक स्थापना गरियो । उनी जस्ता देशभक्त, विस्तारवादका सामू कहिल्यै नझुक्ने नेता, स्वभिमानी नेता, असल कम्युनिष्ट नेता, शोषित पीडित जनताका पक्षका नेता पाउन हामीले नसकिरहेका बेलामा देशभक्त साहित्यकार नेता प्रेमसिंह धामीको सालिक बनेर दार्चुलाको खलङ्गाबाट सधै खबरदारी गरिरहने छन् भन्ने मेरो विचार छ ।

भारतीय विस्तारवादले देशको भूमि मिचेर देश लुटिरहेका बेलामा यहाँका सत्तामा बस्ने कति सरकारी नेताहरू अझ देशको नदीनाला, वन, माटो, ढुङ्गादेखि मानिससम्मको कारोबार गरी भोजभतेर खाइरहेका थिए ।

यसरी प्रेमसिंह धामीको सालिक बनाउने अठोट गरेँ । उहाँ जस्ता देशका सेवकहरुको सालिक बनाउनु पर्दा आफ्नो कार्यकक्षमा उहाँको विचारलाई सम्झेकाे थिएँ । भारतीय विस्तारवादले देशको भूमि मिचेर देश लुटिरहेका बेलामा यहाँका सत्तामा बस्ने कति सरकारी नेताहरू अझ देशको नदीनाला, वन, माटो, ढुङ्गादेखि मानिससम्मको कारोबार गरी भोजभतेर खाइरहेका थिए । उनीहरुले दुःखी जनतालाई फोस्रो सपना मात्र दिएका छन् ।

यसरी प्रेमसिहं धामीको सालिक बनाउँद दस दिनभित्रै मूर्ति सक्नुपर्ने भएपनि कुनै दुःख नमानी मैले विचार बुझ्दै उनको प्रतिर्मूितलाई तयार पारेको थिएँ ।

प्रेमले भने जस्तै अहिलेसम्म भारतीय विस्तारवादले सीमा अतिक्रमणदेखि अनेक खाले शोषण र लुटको गतिविधिलाई बढाउँदै गइरहेको नै छन् । अझ झन बढाउँदै देशको सरकार परिवर्तनदेखि जनताको भवना कुल्चने कार्य समेत गर्न थालेको अवस्था हुँदै आएको छ । नेपालको भौतिक चिजबिज खनिज पदार्थ, खानीदेखि पानीसम्म यावत कुराहरु सबैले बुझेको छ भन्ने लाग्यो ।

प्रेमसिहंले यी सबै कुरालाई भित्रि मनदेखि नै बुझेर अन्याायको विरुद्धमा लाग्नु भएको थियो । त्यसैले गर्दा उनी जनताका हृदयमा रहने देशभक्त थिए भनी मैले मनमनै विचार गर्दै आफ्नो काममा लागेको थिएँ । यति छिटो ढुङ्गामा प्रतिमूर्ति बनाउने गर्दा समयको पत्तै भएन । उहाँजस्ता देशभक्तको र्मूिर्त बनाउँदै गर्दा आफूलाई दक्ष मूर्तिकार बन्नुपर्छ भन्ने विचार पनि बुझन पाएको थिएँ ।

मैले सामन्तको सालिक बनाउनुभन्दा देशभक्तहरुको सालिक बनाउनमा गौरव भएको थियो ।

मैले सामन्तको सालिक बनाउनुभन्दा देशभक्तहरुको सालिक बनाउनमा गौरव भएको थियो । दुर्घटनामा बितेका प्रेमसिंह धामीको मूर्ति १० दिन भित्रै दार्चुलामा स्थापना गरिएको छ । उहाँका विचारलाई हामी दुःखी जनताले मनन् गर्नुपर्छ भनी उहाको सालिकले सँधैं विस्तारवाद, साम्राज्यवाद र सामन्तवादको विरुद्धमा सधै खबरदारी गरिरने छ ।


रामकृष्ण भण्डारी


(रामकृष्ण भण्डारी नेपालका प्रसिद्ध चित्रकार हुनुहुन्छ । यस लेखमा उहाँले पश्चिम नेपालका लोकप्रिय नेता प्रेमसिंह धामीको मूर्ति बनाउँदाको संस्मरण यस लेखमा प्रस्तुत गर्नुभएको छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares