जसको उत्पादन छैन, त्यसको केही पनि छैन !


जसको उत्पादन छैन, त्यसको केही पनि छैन !

“आफ्नो उत्पादन नहुनेहरुका लागि कोरोनाले दिएको ब्याबहारिक शिक्षा
विदेश जाने होईन, देश लुटेराहरुसंग भिड्ने मानसिकतामा फर्कनुनुहोस् !”

दक्षिण कोरीया, खाडी मुलुकहरु मलेसिया र साउदीमा, दुबई, कतार रोजगारी बन्द भयो भने नेपालीले के खान्छ ? रेमिट्यान्सबाट आएको पैसाले शहरमा श्रीमती राखेर छोराछोरीहरुलाई बोर्डिङमा पढाउनेहरुको विदेशी रोजगारी गुमेमा परिस्थिति के हुन्छ ? यहाँका विदेशी दलाल अपराधिहरुले वैदेशिक रोजगारीको बहानामा विदेशी योजनामा नेपाल खाली गर्ने अभियान अन्तर्गत् निकालिएका नेपालीहरुको सिंगो परिवार कुनै न कुनै दिन अकालमैं कालको मुखमा पर्नेवाला छ ।

नेपालमा उत्पादन र रोजगारी सून्य बनाएर आफ्नो सामरिक रणनीति अघी बढाउने विदेशी योजना अन्तर्गत् २०४७ साल देखि उद्योगहरु समाप्त पार्ने, कृषि जमिन प्लटिङ गराउने र देशका श्रोत-साधनहरु सबै विदेशीका हातमा बेच्ने जुन अभियान चलाईंदै आएको छ, यसले एक दिन नेपालमा भयानक अनिकाल र लुटपाटको संभावना बढाउँदै लगेको छ । कोरोना जस्ता महामारी वा ठूला युद्धहरुको कारणले वैदेशिक रोजगारी बन्द हुने कुरा पक्का भईसकेको छ ।

कोरोनाको महामारीले खाडी, मलेसिया, कोरीया जस्ता देशको अर्थतन्त्र चौपट बनायो भने विदेश जानुलाई समाधान ठान्ने नेपालीको जीवन कहाँ पुग्छ ?

जुन देशको आफ्नो उत्पादन हुँदैन, त्यो देशका नागरिकहरु विपत्तिको बेला मर्नुको विकल्प हुँदैन । रोजगारी नभएकाहरुका लागि आज विदेशमा जीवन त देखिन्छ तर कालान्तरमा यही मृत्यूमा परिणत हुन्छ । हामीले बजारमा राखिएका विदेशी सामानहरु देखेर नेपालमा विकास भएको जुन भ्रम पालिरहेका छौं, यो भ्रम हाम्रा भाबि पुस्ताहरुको अवसानको प्रस्थान बिन्दू हो । विदेश जाने मानसिकता बनाएर हामीले सन्तान बनाउँदै छैनौं कि मार्दैछौं ।

आफ्नो खेतबारी जस्तो स्वर्ग कहीं पनि हुँदैन भन्ने यथार्थता कोरोनाको त्रासदीले देश फर्कनेहरुको लर्कोबाट थाहा हुन्छ । जन्मभूमी स्वर्ग हो । विदेशमा आफ्नो आँगन हुँदैन । जुन-जुन विदेशी दलाल अपराधिहरुले नेपालीहरुलाई विदेश लखेटेर देशमा विदेशी शासन चलाईरहेका छन्, यिनीहरुको गर्धन टुक्य्राएर र यिनीहरुसंग वारपारको लडाईं लडेर आफ्नै धर्ती हराभरा बनाउने संकल्प लिएर सबै देशमा फर्कन एकदमैं जरुरी भैसकेको छ ।

एकछिन कल्पना गरौं कि कोरोनाको महामारीले खाडी, मलेसिया, कोरीया जस्ता देशको अर्थतन्त्र चौपट बनायो भने विदेश जानुलाई समाधान ठान्ने नेपालीको जीवन कहाँ पुग्छ ? वास्तविक समाधान खोजौं ! हामीसंग कर निचोरेर नांगो डकैति गरिरहेका भ्रष्टाचारीहरु, जनताले विकासका लागि तिरेको करले करोडौंका गाडीमा शयर गर्ने घृणितहरु, श्रोत-साधनहरु विदेशीलाई सुम्पेर नेपालीहरुलाई विदेश लखेटिरहेका देशद्रोहीहरुलाई ठाउँमैं समाप्त पारेर उत्पादनमा लाग्नु पर्छ । लड्ने संकल्प नहुने हो भने यो अपराधि तप्काले नेपालीहरुको सात पुस्तासम्मलाई विदेश लखेटिरहन्छ र खाली भएको देशमा विदेशी भरिरहन्छ ।


रूपेश कार्की (बद्री  प्रयास )


(बद्रि प्रयास, देशका समसामयिक बिषयहरुमा गहिरो अध्ययन गरि विशेषतः युवा सरोकार, रोजगारी एबं रास्ट्रिय स्वाभिमानका बिषयहरुमा ससक्त रुपमा निरन्तर कलम चलाउदै आउनु भएको छ ।)