डयुटी खटिएको प्रहरीलाई रंगभेदि शब्द बोल्ने र महिला कुटपिट आरोपमा ज्वाला संग्रौलासहित ५ जना पक्राउ


लेखक : लेखापढी      ६ असार २०७८, आईतवार २०:०१ मा प्रकाशित     
डयुटी खटिएको प्रहरीलाई रंगभेदि शब्द बोल्ने र महिला कुटपिट आरोपमा  ज्वाला संग्रौलासहित ५ जना पक्राउ

काठमाडौँ- प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौला समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘सामाजिक अभियन्ता’ दावी गर्ने टिका संग्रौला ‘ज्वाला’, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

संग्रौलाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातिय विभेद गरेकी थिइन् । सो प्रकरणमा उनीमाथि अनुसन्धान हुने एसपी बस्नेतले बताए ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो । टेकुस्थित प्रहरी परिसरको गेटबाहिर हिमाल उपाध्यायलाई हातपात गरेको आरोपमा प्रहरीले सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरेको छ ।

उनीहरुमाथि अभद्र ब्यवहार मुद्दामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आक्रमण गरेको थियो । 
-ratopati

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •