योगमाया नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मानको घोषणा


लेखक : लेखापढी      ६ असार २०७८, आईतवार ०७:११ मा प्रकाशित     
योगमाया नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मानको घोषणा

काठमाडौं । जेठ ६
नेपाल स्रष्टा समाजले योगमाया नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मानको घोषणा गरेको छ । समाजले वि.स. २०७८ का लागि योगमाया नारी स्रष्टा सम्मानका लागि पूर्व पशुपंक्षी मन्त्री एवम् साहित्यकार शान्ता मानवी एवम् योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मानका लागि प्रा.डा. गोविन्दमानसिंह कार्कीलाई प्रदान गर्ने घोषणा गरेको छ । प्रा.डा. कार्कीको योगमाया सम्बन्धित अनुसन्धानमूकक कृति प्रकाशित छ ।

दुवै सम्मानहरुमा आदरपत्र र रु. २५,१११ प्रदान गरिन्छ । उक्त सम्मानहरु योगमाया दिवस असार २२ का दिन प्रदान गरिन्छ । वि.स. १९८८ असार २२ का दिन हरिशयनी एकादशीमा तत्कालीन राणा शासनले आफ्ना मागमा ध्यान नदिएका विरुद्धमा नेपालको आध्यात्मिक जागरण तथा महिला अधिकारसम्बन्धी अभियानकी सूत्रपातकर्ता योगमायाको नेतृत्वमा ६८ जनाले अरुण नदीमा सामूहिक जलसमाधि लिएका थिए ।समाजले सो दिनलाई योगमाया दिवस घोषणा गर्न माग गरेको छ ।

यी दुवै सम्मानका लागि योग्य व्यक्ति छनौट गर्न वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको संयोजकत्वमा रमा शर्मा, पवन आलोक, राजेश न्यौपाने र श्रीओम श्रेष्ठ सदस्य रहेको निर्णायक समिति गठन गरेको थियो ।

नेपाल स्रष्टा समाजले यी सम्मान बाहेक सुभद्राविश्वराज स्रष्टा सम्मान, रमेशगङ्गा स्रष्टा सम्मान, प्रसिद्ध कँडेल स्मृृति राष्ट्रिय युवा सम्मान तथा दमन्ता खनाल स्मृति नारी सम्मान पनि प्रदान गर्दै आएको कुरा नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •