‘चीन सीमाको नदी थुनियो, कुनैपनि समयमा तामाकोशीमा बाढी आउनसक्छ’


‘चीन सीमाको नदी थुनियो, कुनैपनि समयमा तामाकोशीमा बाढी आउनसक्छ’

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

शुक्रबार राति एक सूचना जारी गरेर दोलखा जिल्ला प्रशासनले नेपाल चीन सीमा क्षेत्रमा पर्ने टिङ्ग्री कोन्टीको रोङ्छिया सहर र त्यसको आसपासमा भारी वर्षासँगै पहिरो गएपछि नदीको थुनिएकाले कुनै पनि समयमा तामाकोशी नदीमा पानीको बहाव बढेर आउनसक्ने जनाएको छ ।

सूचनामार्फत नेपाल–चीन सीमा नजिकका वस्तीसहित नदीको तटीय क्षेत्रमा जोखिम सृजना भएकाले सर्तक र सजक रहन भनिएको छ ।