कैलाली गेटामा स्कुटी दुर्घटना, एक जना गम्भीर घाईते


[ss_social_share]
लेखक : लेखापढी      ५ असार २०७८, शनिबार १५:४२ मा प्रकाशित     
कैलाली गेटामा स्कुटी दुर्घटना, एक जना गम्भीर घाईते

धनगढी– कैलालीमा गुडिरहेको स्कुटी चिप्लिएर दुर्घटना हुँदा २ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको २ जना महिला सवार सो स्कुटी चिप्लिएर सडकको नालीमा ठोक्किएको कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिएका छन्।

गोदावरी नगरपालिका ५ गेटामा शनिबार दिउँसो म २ प ४० नम्बरको गुडिरहेको स्कुटी दुर्घटनामा परेको हो।

पानी परिरहेको बेला स्कुटी चिप्लिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

उनीहरुको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरुको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा भइरहेको बताएको छ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •