उपेन्द्र–बाबुराम पक्षले निर्वाचन आयोगमा बहुमत हस्ताक्षर सहित आधिकारिकता दाबी


[ss_social_share]
लेखक : लेखापढी      ४ असार २०७८, शुक्रबार १५:४३ मा प्रकाशित     
उपेन्द्र–बाबुराम पक्षले निर्वाचन आयोगमा बहुमत हस्ताक्षर सहित आधिकारिकता दाबी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको छ। 
आज निर्वाचन आयोग पुगेर उक्त समूहले ३० जनाको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको हो । 

यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरु आयोगमा पुगेका थिए । 

आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्षले दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गरेकाे हाे ।  

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •