ओली सरकारमा गएका राजेन्द्र महतो सहित नौ जना पार्टीबाट निस्कासन


लेखक : लेखापढी      ३ असार २०७८, बिहीबार १८:२३ मा प्रकाशित     
ओली सरकारमा गएका राजेन्द्र महतो सहित नौ जना पार्टीबाट निस्कासन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएमा महन्थ यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

बिहीबार बसेको उपेन्द्र–बाबुराम पक्षीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको छ ।

ओली सरकारमा गएका राजेन्द्र महतो सहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •