अमेरिका र क्यानडाका बजारबाट हटाइएको बेबी पाउडर नेपालमा बिक्री, बच्चाहरुको स्वास्थ्यमा खतरा


लेखक : लेखापढी      ३ असार २०७८, बिहीबार १९:३० मा प्रकाशित     
अमेरिका र क्यानडाका बजारबाट हटाइएको बेबी पाउडर नेपालमा बिक्री, बच्चाहरुको स्वास्थ्यमा खतरा

जनस्वास्थ्यविद् डा अरुणा उप्रेती !!
काठमाडौं –
 जब स्कूलहरूमा साना बालिकालाई ओठमा लिपिस्टिक, गालामा रातो र मुखमा पाउडर लगाउँछन्, तब कसैले पनि विचार गर्दैनन् कि यस्तो सौन्दर्य प्रशाधनमा मिसाइएको सिसा र मर्करीले गर्दा शारीरिक र मानसिक स्वास्थ्यमा पनि प्रभाव पार्छ। लाली लगाएर रातो पारेको अनुहार र रातो ओठ बालिकाको देख्दा मेरो मन कटक्क काट्छ, सानैदेखि यिनीहरूको मिर्गौला खराब हुने काम स्कुलका शिक्षक र अभिभावकले गरे भन्ने ठानेर।

कति नेपाली आमाहरूले आफ्नो छोरीलाई नुहाएपछि जिउ र गुप्तागंमा पाउडर दलिदिन्छन्। यसो गर्दा उनको शरीरबाट बास्ना आउँछ सफा देखिन्छ भन्ने विचार होला।तर, वास्तवमा यस्तो पाउडरले हानी गर्छ। 

अमेरिकामा ‘जोनसन एण्ड जोनसन’को पाउडर अहिले बेचिन्न। किनभने त्यहाँ केही महिलाहरूलालई यो पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भयो।
‘जोनसन ऐन्ड जोनसन’ शिशु पाउडरमा मिसाइएको तत्व महिला तथा बालबालिकाहरूलाई हानिकारक मानिँदै आएको छ। हजारौं महिलाहरूले उक्त कम्पनीलाई उक्त पाउडर प्रयोग गरेर क्यान्सर भएको भनेर अदालतमा मुद्दा लगाएका थिए।

सन् २०२०, १९ मे मा ‘जोनसन एण्ड जोनसन’ले बेबीको पाउडरलाई अमेरिका र क्यानडाका बजारबाट हटायो।

तर, त्यही पाउडर चाहिँ नेपाल, भारत र बंगलादेशमा त सहजैसँग बिक्री भइरहेछ। अफ्रिका राज्यको कङ्गोमा पनि त्यहाँको सरकारले नोबेम्बर, सन् २०२० मा आफ्नो देशभित्र बेबी पाउडरको विज्ञापन गर्न, बेच्न रोक लगायो।

बच्चाहरूलाई प्रयोग गर्ने पाउडरमा ‘एबसटस’ले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले त्यस्तो पाउडर प्रयोग नगर्नु भनेर अमेरिकन भोजन र औषधी प्रशासनले नोटिस निकालेपछि ‘जोनसन एण्ड जोनसन’ नामक कम्पनीलाई विभिन्न व्यक्तिहरूबाट दुई हजार भन्दा बढी मुद्दा लाग्यो। तर, नेपालमा पनि औषधी व्यवस्था विभागले जनस्वास्थ्यलाई खासै चासो दिएको पाइएको छैन।
(स्वास्थ्य ज्ञानका लागि पत्रपत्रिकाबाट साभार गरिएको)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •