देशदैनिक प्रकाशक पारस बिक्रम शाह माथि प्रहरी दमन, महासंघको बिरोध पश्च्यात प्रहरी द्वारा गल्ति स्वीकार


देशदैनिक प्रकाशक पारस बिक्रम शाह माथि प्रहरी दमन, महासंघको बिरोध पश्च्यात प्रहरी द्वारा गल्ति स्वीकार

काठमाडौँ- समाचार संकलनका क्रममा बिहान स्वयम्भू पुगेका पत्रकार शाह माथि प्रहरीले दुर्ब्यबहार गरि कुटपिट गरेका थिए ।

प्रहरी सहायक निरीक्षक सिंहले सूचना विभागबाट जारी पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि ‘बिहान के रिपोर्टिङ, कस्तो रिपोर्टिङ’ भन्दै दुर्व्यवहार गर्दै कुटपिट गर्नुका साथै तत्पश्चात स्वयम्भू प्रहरी वृत्त लगेर थापा थरका प्रहरी जवानले लाठी र बुट हान्दै बन्दुक तेर्साएर ठीक पार्ने धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ,’ महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

नेपाल पत्रकार महासंघले एसोसिएट संस्था नेपाल खेलकूद पत्रकार मञ्चका सदस्य तथा देश दैनिक डटकमका सम्पादक र प्रकाशक पारशविक्रम शाहमाथि प्रहरीले धम्की दिएकोमा विरोध गरेको छ। 

समाचार संकलनका क्रममा प्रहरी सहायक निरीक्षक प्रतिभा सिंहले दुर्व्यवहार र कुटपिट गरेको घटनामा महासंघले विरोध गर्दै घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘पत्रकारमाथि प्रहरीबाट गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो। महासंघ पत्रकारको पेशागत स्वतन्त्रतामाथि आघात पुर्‍याउने र पत्रकार त्रसित बनाउने प्रहरीको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ,’ महासचिव पुरीले भनेका छन्।

स्वयम्भु प्रहरी वृत प्रहरी प्रमुख र पत्रकार महासंघका पधाधिकारीहरु बीच लामो छलफल पश्च्यात प्रहरीबाट कमजोरी भएको सच्याउदै दुबै पक्षबीच सौहार्दपूर्ण बार्ता गरि उक्त घटनाको मिलापत्र गरेको जानकारी देशदैनिक पत्रकार विवेक चन्द ठकुरीले लेखापढी डटकमलाई  जानकारी गराएका छन् ।