तिज गीत दुई अर्थी अपाच्य शब्द राखेर नगाउनू : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान


[ss_social_share]
लेखक : लेखापढी      २ असार २०७८, बुधबार १३:५९ मा प्रकाशित     
तिज गीत दुई अर्थी अपाच्य शब्द राखेर नगाउनू : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले तिज गीत निकाल्दा नेपाली संस्कार र संस्कृतिको विचार गर्न आग्रह गरेको छ । पर्व गीतका नाममा पछिल्लो समय विक्रिति तथा विसंगती बढ्दै गएको भन्दै प्रष्ठिानले सर्जकहरु यसप्रति सचेत हुनुपर्नेमा प्रतिष्ठानको जोड छ । 

तीजगीतको नाममा देखिएका विकृति, विसंगती, अभद्र श्रव्यदृश्य सामग्रहीहरु आउने गरेको भन्दै यसमा सचेत हुन दर्शक तथा स्रोताहरुले गरेको आग्रहलाई सम्मान गर्न प्रतिष्ठानले ध्यानकर्षण गराएको छ । 

“नेपाली मौलिक लोकगीत संगीत अन्तर्गत पर्वगीत विशेष तीजगीतलाई हाम्रो संस्कृतिको अर्को महत्वपूर्ण गीतको रुपमा लिइन्छ । हरेक बर्ष उल्लेखीय मात्रामा तीजगीतहरु कुनै न कुनै माध्यमबाट व्यवसायिक रुपमा हेर्न पाईन्छ । यो सुखद् पक्ष पनि हो,” प्रतिण्ठानले भनेको छ, “तर कतिपय तीजगीतको नाममा देखिएका विकृति, विसंगती, अभद्र श्रव्यदृश्यहरुप्रति समस्त दर्शक स्रोताहरुको गुनासो वर्सेनी आइरहने हुँदा यस वर्ष पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विशेष ध्यान आकर्षण भएको छ । तसर्थ, सम्पूर्ण स्रष्टा, सर्जक, गायक/गायिका, उत्पादक, रेकर्डिङ्ग स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवंम् वितरकहरुमा सामाजिक सद्भावमा खलल पुर्याउने एवंम् अभद्र र नियतवश दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीत÷संगीत प्रस्तुत नगरिदिनु हुन अनुरोध गर्दछौं ।”

वर्सेनी करोडौं लगानीमा तिज गीत बजारमा आउने गरेका छन् । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •