सुदूरपश्चिममा ओली पक्षका ७ सांसदलाई निलम्बन गर्ने निर्णय


[ss_social_share]
लेखक : लेखापढी      १ असार २०७८, मंगलवार ०१:२५ मा प्रकाशित     
सुदूरपश्चिममा ओली पक्षका ७ सांसदलाई निलम्बन गर्ने निर्णय

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले प्रदेशसभाका ७ सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको छ । सोमबार बसेको दलको बैठकले उनीहरूमध्ये केहीलाई १५, १० र ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको सांसद बलबहादुर सोडारीले जानकारी दिए ।  

ओली पक्षका सांसदहरूले मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेका ७ थिए । एमाले संसदीय दलको ह्विप उलंघन गर्दै विपक्षमा मत हालेका थिए । 

ओली पक्षका सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए । दलले उनीहरूलाई साेमबार कारबाही गरेको हो । सुदूरपश्चिममा खनाल–नेपाल समूहको बहुमत छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •