मनाङमा बाढी: घर र पुल बगायो


[ss_social_share]
लेखक : लेखापढी      १ असार २०७८, मंगलवार १४:२६ मा प्रकाशित     
मनाङमा बाढी: घर र पुल बगायो

बुधबार रातिदेखिको वर्षाले स्थानीय खहरे खोलामा आएको बाढीले हिमालपारीको मनाङ सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ। शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ । २ किलोमिटर सडक क्षतविक्षत बनाएको छ ।

बाढीले मनाङमा विद्युत्गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।

बाढीबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवनमा, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ। मनाङको चामे बजारमा बाढी पसेकाले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयले बाढी नियन्त्रण गरेका थिए ।  वर्षा जारी रहेकाले जोखिम कायमै रहेको स्थानीयले बताए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •