बद्री प्रयासकाे गजल


[ss_social_share]
लेखक : लेखापढी      १ असार २०७८, मंगलवार १२:११ मा प्रकाशित     
बद्री प्रयासकाे गजल

पिउदै जादा शराब, मात अर्कै हुन्छ ।
ढल्दै जान्छ रात , बात अर्कै हुन्छ ।।

सप्रेम ले गासिएको, प्रेम सम्बन्धमा ।
चल्छ तरवार कटाक्ष, घात अर्कै हुन्छ ।।

गुलाब पनी फूल, कमल पनी फूल नै ।
हरेक फूलको किन, पात अर्कै हुन्छ ।।

पक्का केही गोलमाल, भएर त होला ।
एउटै धर्मलम्बी को, जात अर्कै हुन्छ ।।

बिशावाश गर्छु म, भाग्य रेखा माथी ।
चामल मोटो मसिनोको, भात अर्कै हुन्छ ।।

मानिषको रगत रातो, भएनी फरक छ ।
समुह छुटाउ जीवन दिने,हात अर्कै हुन्छ ।।

पृथ्बी र जीवन, सुन्य भएर त् होनी ।
ठाउँ समय फरक, दिनरात अर्कै हुन्छ ।।

मसाला तेल मांसहार, नगरी त हेर ।
रोग ब्याधीले मुक्त, आत अर्कै हुन्छ ।।

बिषादीयुक्त मन्जन, प्रयोग गर्छौ कती ।
बबुल निमले मस्काउ, दात अर्कै हुन्छ ।।

काम क्रोध लोभ मोह अहंकार त्याग ।
ममत्वको भाब रहन्न,गात अर्कै हुन्छ ।।

ह्रदय सफा छ संजय रुखो बोली भएनी ।
रुखो बोलीमा मायाको, खात अर्कै हुन्छ ।। 


रूपेश कुमार कार्की (बद्री प्रयास)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares