युरो २०२० : हंगेरीविरुद्ध पोर्चुगल र फ्रान्सविरुद्ध जर्मनी


लेखक : लेखापढी      १ असार २०७८, मंगलवार १४:१४ मा प्रकाशित     
युरो २०२० : हंगेरीविरुद्ध पोर्चुगल र फ्रान्सविरुद्ध जर्मनी

काठमाडौं ।  युरो २०२० अन्तर्गत मंगलबार २ वटा खेल हुँदैछन् । पहिलो खेलमा राति ९ : ४५ बजे बुडापेस्टमा हंगेरीविरुद्ध पोर्चुगलले प्रतिस्पर्धा गर्नेछ भने १२ : ४५ मा म्युनिखमा हुने दोस्रो खेलमा फ्रान्सविरुद्ध जर्मनी खेल्नेछ ।

युरोकपमा नेपाल समयअनुसार ९ बजेर ४५ मिनेट जाँदा पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल हंगेरीको बुडापेस्टस्थित रंगशालामा हुनेछ । पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो । त्यसैले आजको खेलमा उसको स्पष्ट लक्ष्य जित नै हुनेछ । फेरि, यो समूह सहज पनि छैन ।

फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा खेल्दा जर्मनीलाई केही सहज हुनेछ । युरोकप फुटबलमा सर्वाधिक सफल टोलीको रुपमा पर्छ, जर्मनी । जर्मनीले तीनपटक युरोकप फुटबलको उपाधि जितेको छ । त्यसो त विश्वकप फुटबलमा पनि जर्मनी सफल टोली हो ।  दुईपटकको विश्वकप विजेता फ्रान्स पनि युरोकप फुटबलको सफल टोलीको रुपमा मानिन्छ । पछिल्लोपकट दुवै टोली उत्कृष्ट फममा छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •