संसदमा हिन्दी बाेल्न पाईदैन, मेराे भाषा र समुदाय भन्दा मेरो देश नेपाल ठुलो हो


[ss_social_share]
लेखक : लेखापढी      ३१ जेष्ठ २०७८, सोमबार २१:१० मा प्रकाशित     
संसदमा हिन्दी बाेल्न पाईदैन, मेराे भाषा र समुदाय भन्दा मेरो देश नेपाल ठुलो हो

काठमाडौँ- प्रदेश २ का प्रमुख डा.राजेश झा (अहिराज)ले संसदमा हिन्दी बाेल्न पाईदैन, मेराे भाषा र समुदाय भन्दा मेराे देश नेपाल ठुलाे हाे भनेका छन्। उहाँ भन्नु हुन्छ मेराे आमा भारतकाे हुनुहुन्छ। मेराे भाइकाे श्रीमती पनि भारतकाे हुनुहुन्छ। तर मेराे परिवार भन्दा मेराे मुलुक नेपाल ठुलाे हाे। रास्ट्रिय भाषा, रास्ट्रियता मेरो लागि मेरो गौरब हो । 

मेराे समाज र मेराे समुदाय भन्दा मेराे देश नेपाल ठुलाे हाे। संसदमा हिन्दी बाेल्न पाईदैन। नेपाललाई जाेगाउने हाे भने नेपाललाई फिजिकरन हुनबाट बचाउने हाे भने अंगिकृत नागरिकलाई राजनैतिक अधिकार दिनु हुदैन। प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज)ले मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखेका छन् ।

पत्रमा सरकार २ को सरकार बनाउँदा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायलाई सहभागिता गराउन स्मरण गराइएको छ । यसैपनि न्यून सहभागिता हुने मन्त्रीपरिषद्‌मा यसपटक पनि दलितको सहभागिता अन्त्यन्तै न्यून छ । २५ सदस्यीय मन्त्रीपरिषद्‌मा एकजना राज्यमन्त्रीमात्र दलित समुदायबाट परेकी छन्- आशाकुमारी विक । दुई नम्बर प्रदेश प्रमुख एबं राजनैतिक बिश्लेषक डा. राजेश अहिराज हुनुहुन्छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •