यहाँ


[ss_social_share]
लेखक : लेखापढी      ३० जेष्ठ २०७८, आईतवार १२:५१ मा प्रकाशित     
यहाँ

तथ्य जति ओकलेर बोल्दैन कोही यहाँ ।
सत्य कुरो खोजेर लेख्दैन कोही यहाँ ।।

पाखुरी चलाउन खोज्दैन कोही यहाँ।
सित्तै पाए हसुर्न छोडदैन कोही यहाँ।।

ब्यर्थैको भागादौडले थाक्दैन कोही यहाँ ।
आफू हाँस्दै हँसाउन जान्दैन कोही यहाँ ।।

आशाका त्यान्द्राहरू जोडदैन कोही यहाँ।
हरेक श्वास को माला गाँस्न खोज्दैन कोही यहाँ ।।

भौतिक अबयवले अघाउदैन कोही यहाँ।
अन्योलको परिधिलाई नाघ्दैन कोही यहाँ।।

तनावको खेती बिना बाँच्दैन कोही यहाँ।
नपिरेर अर्कालाई बाँच्दैन कोही यहाँ।। 


रघुविर चन्द
वेदकाेट, कञ्चनपुर

100% LikesVS
0% Dislikes
Spread the love !
  • 243
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    243
    Shares