लेखक बन्न त्यती सजिलो छैन रैछ


लेखक बन्न त्यती सजिलो छैन रैछ

कापीको पाना पल्टाएर
मनमनै शीर्षक केलाउदै
कलमको मुख खोलेर
पानासंग स्पर्श गराउन खोज्दै गर्दा
मस्तिष्कमा आएको त्यो अनविज्ञताले
हस्तलाइ मुर्तितुल्य बनाइदियो ।

साच्चै,
लेखक बन्न त्यती सजिलो छैन रैछ ।

शब्द अभावले, हात काम्न थाल्यो
पिडै पिडाले शरीर तात्न थाल्यो
मन भित्रको साहित्यिक रुचि भड्किन थाल्यो,
के लेख्नु मेरो बस को कुरा होइन त ?
के अब मैले कविता लेख्ने आट नगरेपनी हुन्छ त ?
सक्दै सक्दिन त ?

शब्द अभावको फर्सटेसनले
आफैलाई प्रश्न गर्न थाल्यो,
साच्चै लेखक बन्न त्यती सजिलो छैन रैछ ।

ती अनगिन्ती अनउत्तरित प्रश्नलाई पन्छाउदै,
हिम्मत बढाउदै फेरि शब्द फल्ने प्रतीक्षामा बसिरहे,
दिन बित्यो,रात बित्यो
घोट्लिदा घोट्लिदै महिनौ बित्यो
तर कलम चल्दै चलेन,
शब्दको बाध फुट्दै फुटेन,
साच्चै,
लेखक बन्न त्यती सजिलो छैन रैछ ।

कलमलाई ढौडाउन सकेको भए
महाकाव्य बनिसक्थ्यो,
तर मेरो कलम चल्दै चलेन
अनि एउटा सानो हरफ पनि बन्नै सकेन भनेर सोच्दै,
जबर्जस्ती लेखक बन्न खोज्दै
शब्द अभाव मै मन लाग्दी लेख्न थाले,

शुन्य सिर्जनात्मक हुँदै गर्दा पनि
तारिफ खोज्दै हिड्न थाले,
तर तारिफ कम आलोचना बेसि पाए
समालोचकको समालोचना सुन्दा मुटु दरो पारे।
साच्चै,
लेखक बन्न त्यती सजिलो छैन रैछ ।

केही नयाँ सुरुवात आफैंबाट गर्नुपर्छ जस्तो लाग्न थाल्यो,
तर गर्न चाहिँ के गर्ने
लेख्ने शब्द फुर्दैन
सिर्जनात्मकता बढ्दैन
हरे शिव,
साच्चै लेखक बन्न त्यती सजिलो छैन रैछ ।

फेरि नयाँ कागज निकाले
कलमको मुख खोले
अनि पानासंग स्पर्श गराउन थाले ।
लेख्दै गए लेख्दै गए
आए सम्म लेखे
आउदै आएन भने बरु ‘कखगघ´लेखे
पहिला जस्तै मनलाग्दी लेखे
पाना भरे
तर पाठक सामु पुराइन
किनभने म लेखक थिइन ।

हजारौं कागज च्याते
पसिना चुहाए
हस्त दुख्ने गरि लेखे
अनि आफ्नै परिश्रमले
साहित्यमा करोडौ शब्द उमार्दै गए
पानाहरु भर्दै गए,
शुभचिन्तकको आशीर्वादले
साहित्यिक यात्रालाई पर पर ढकाल्दै गए
मिहिनेत गर्दै गए
मीठो फल आए खादै गए
कुहिएको फल आए साइड लाउदै
मिठो फल उमार्न परिश्रम गर्दै गए ।

साच्चै,
लेखक बन्न त्यति सजिलो छैन रैछ साथी
गर्नु पर्ने रहेछ परिश्रम साहित्यलाइ राखेर सबैभन्दा माथी,
अनि बल्ल लेख्ने व्यक्तीबाट लेखक हुँदै रम्न सकिने रहेछ,
साहित्यकार भनेर चिनिने रहेछ।


✍️आयुष बडाल
काठमाडौ युनिभर्सिटी