अध्ययन बिना सडक निर्माण; घटदो कृषिभूमि, दुुर्घटना र भुृ-क्षयमा वृद्धि


लेखक : लेखापढी      ३० जेष्ठ २०७८, आईतवार ०९:४२ मा प्रकाशित     
अध्ययन बिना सडक निर्माण;  घटदो कृषिभूमि, दुुर्घटना र भुृ-क्षयमा वृद्धि

नेपाल एक बिकासाेन्मुख राष्ट्र हो । जहाँ सडकको स्थिति अत्यन्त दयनीय र सडकयात्रा कठिन, एकदम दुःखदायी, ज्यानैजोखिम मोलेर यात्रा गर्पनुर्ने अवस्थामा रहेको पाईन्छ । यहाँको भूगोल पनि हिमाल, पहाड र तराई भएको जटिल छ भन्ने गर्दछन तर के चाइना, जापान, अमेरिकाको भूगोल चाहि फरक छैन र ? के त्यहाँ विकास भएको छैन र? यो त सवै काम नगर्ने बहाना मात्रै हुन ।

कुनै सडक निर्माण गर्नु पुर्व सहि विश्लेषण,अध्ययन, अनुसन्धान, जनघनत्व, भविष्यमा असर नुहने दिर्घकालिन योजना बनाईनु पर्दछ । हैन भने काठमाडाैं कै सडकको हालत हुन्छ ।

नेपालमा सडक निर्माणमा ठुलो धनराशी वा बजेट र्खच हुदै आएको पाईन्छ तर बजेटको खासै सदुप्रयोग भएको पाईदैन । कुनै सडक निर्माण गर्नु पुर्व सहि विश्लेषण,अध्ययन, अनुसन्धान, जनघनत्व, भविष्यमा असर नुहने दिर्घकालिन योजना बनाईनु पर्दछ । हैन भने काठमाडाैं कै सडकको हालत हुन्छ । कति पटक सडक बन्छ ? कति सडक पटक सडक भत्कन्छ ? कति पटक सडक बजेट छुटयाइन्छ ? र कति पटक सडक विकासको नाममा भष्टाचार गरिन्छ ? नेपालका सडक निर्माण गर्दा कुनै सडकको मापदण्ड पुरा गरेको पाईदैन । सडक विभागले बनाउछ त्यहि सडक ढलले पाईप विछयाउन भत्काउछ अनि फेरी दोस्रो पटक सडक विभागले बनाउछ फेरी त्यहि सडक खानेपानी संस्थाले खानेपानीको पाईप विछयाउन भत्काउछ फेरी तेस्रो पटक सडक बनाउछ र अब फेरी टेलिकम र विद्युतप्राधिकरणले आफनो केबल अन्डरगाउण्ड गर्ने कामको लागि भत्काउनेवाला छ फेरी चौथो पटक सडक बन्दछ । यहाँबाट थाहा हुन्छ । नेपाल सरकार, सडक विभाग र नेपाल सरकारमा भएका इन्जिनीयर कति सम्मका दक्ष छन? र प्राविधिक दक्ष छन भनेर यहिबाट प्रष्ट हन्छ ।

यदि दक्ष थिए भने एक पटक बनेको सडक ५ पटक सम्म भत्कदै बन्दै गरेको देख्नु पर्थेन । जनतालाई सास्ती दुःख दिने र दैनिक जनजीवनलाई प्रभाव पार्ने र राष्ट्रको बजेट सकाउने काम मात्रै गदैन्थे । दक्ष जनशक्ति सरकारमा, सडक विभागका हुन्थे भने सडक-ढल विभाग, खानेपानी संस्थान, विद्युत प्राधिकरण र टेलिकम सबै संस्था सगँ सहकार्य गरि एकै पटकमा त्यो सबै पूर्वाधार सहितको काम हुन्थ्यो । त्यहि पनि आर्थिक वर्षको अन्त्यमा हतार हतार टालटुल मात्रै गरेर बजेट पचाउने र भष्टाचार गर्ने गरिन्छ ।

सडक विकासको पुर्वाधार हो तर नेपालमा सहि विश्लेषण, अध्ययन, अनुसन्धान नगरी र सडक मापदण्ड विपरित गुणस्तरविहिन सडक विस्तार विनाशमा सावित हुदैछ । भएका सडकमा पनि ट्राफिक लाईट, सडक चिन्ह नहुदाँ, उचित व्यवस्थापन, मर्मत संम्भार, पुर्ननिर्माण हुन नसक्दा आज सडक दुर्घटनामा परी धेरैले अल्पायु र अकालमा मूत्युलाई अगाँल्ने संख्या पनि उच्च दरमा वृद्धि भएको छ । सडकको खाल्डा खुल्डीमा परि ज्यान गुमाउनेको संख्या पनि ठुलो मात्रामा रहेको छ । नेपाली जनताहरुले सधै कष्टकर दुःखदायी यात्रा गर्न बाध्यता पारिएको छ ।

नेपाल एक कृषिप्रधान देश भएकोले हिसाबले पनि अब नयाँ सडक निर्माण गर्दा सोच्नपर्ने अवस्था आएको छ । कृषियोग्य भूमिलाई संरक्षण गनुपर्ने बेला भएको छ । विश्वमा गाँस, बास र कपासलाई महत्व राखिनु पर्दछ । गाँस, बास र कपास विना कुनै प्राणी जिवित रहदैन । यदि कनै प्राणी जिवित रहदैन भने विकास के का लागि हो ? त्यसैले अति आवश्कता र जनघनत्वलाई हेरेर मात्रै सडक निर्माण तथा सडकको बजेट विनियोजन गर्नहुन नेपाल सरकार र सडक विभागलाई अनुरोध गर्न चाहन्छु ।


अहिलेको अवस्था र जुनगतिमा स्थानीय तहबाट विशेष गरेर पहाडी इलाकामा आवश्कता र जनघनत्वलाई नहेरी, सहि विश्लेषण, अध्ययन, अनुसन्धान नगरीे सडक विकासको बहानामा बजेट सक्ने, नयाँ सडकको ट्रयाक खोल्ने नाममा हरेक ठाँउमा हेवी मेसीन, डोजरहरु लगाउने जुन काम भईरहेको छ त्यो नै विनाशको कारक तत्व आपति–विपतिको रोग नबन्ला भन्न सकिदैन । यस्ता कार्य नेपाल सरकारले तत्कालै रोक्न सकेन भने त्यस क्षेत्रका स्थानियवासीहरुले बाढी-पहिरो र भु-क्षय  जस्तो प्राकृतिक प्रकोपको सिकार हुनुपर्नेछ ।

टेन्डर आह्वान गर्दा देखि नै यहाँ कमिसनको खेल शुरु हुन्छ । आफन्तालाई टेन्डर पारिन्छ र राम्रै कमिसन खाईन्छ । राम्रो कम्पनीलाई होइन । प्राय नेता र गुण्डा नै नेपालका कम्पनीका मालिक र ठेकेदार छन ।

नेपाल ठुला सडक र पुल आयोजनाहरुका ठेक्का-टेन्डर भएर पैसा खाएर २-४ ओटा डोजर लगाएर अलपत्र अवस्थामा रहेका र छाडेका छन । सम्वन्धित निकायले कारर्वाही गदैनन् । कतिका त निर्माण सम्पन्न गरिसक्नु पर्ने समय अवधि सकिदा पनि सरकार मौन छ । टेन्डर आह्वान गर्दा देखि नै यहाँ कमिसनको खेल शुरु हुन्छ । आफन्तालाई टेन्डर पारिन्छ र राम्रै कमिसन खाईन्छ । राम्रो कम्पनीलाई होइन । प्राय नेता र गुण्डा नै नेपालका कम्पनीका मालिक र ठेकेदार छन । उनीहरु नै आज नेपाल सरकारका सभासद छन ।अनि तिनीहरुलाई कसले गर्ने कारर्वाही? “बिग्रेको देशको भत्केको घर, जता फर्कियो उतै दैलो” भनेको यहि हो ।


अहिलेको आवश्यकता भनेको भएका सडकको गुणस्तरीय बनाउनु, मापदण्डमा कायम गराउनु, सरक्षण गर्नु, सडक चिन्ह राख्नु, मर्मतसंम्भार गर्नु, ट्राफिक लाईटको व्यवस्थापन गर्नु र आवश्यकता हेरेर नयाँ सडक विस्तार गर्नु हो । त्यति मात्र नभएर सडक विकास सँगै वातावरण, वनजङ्गल, जडिवुटि र कृषियोग्य जमिनको संरक्षण गर्ने पनि सम्पुर्ण सचेत नागरिकको उत्तरदायित्व   हो । नेपाल सरकार र सम्बन्धित निकायहरुले दीर्घकालीन गुरुयोजना बनाएर मात्र बिकास निर्माणका कार्य अघि बढाउदा उचित हुनेछ ।


रूपेश कार्की (बद्रि प्रयाश)