मृत्युपछि के ? (लघुकथा)


[ss_social_share]
लेखक : लेखापढी      ३० जेष्ठ २०७८, आईतवार १२:३५ मा प्रकाशित     
मृत्युपछि के ? (लघुकथा)

“कमिसनको खेलमा भ्याक्सिन आएन”, “महामारीको समयमा आफ्नै पद जोगाउन अभ्यस्त”, “उम्मेदवारी दर्ता गराउन हेलिकप्टरमा, जनता एम्बुलेन्स नपाएर मर्दै”, यि र यस्तै समाचारका शीर्षक पढ्दै वाक्क भएकी छोरीले बालाई प्रश्न तेर्स्याइ ।

छोरी : बा, देश मर्न लागिरहेको दुरावस्थामा यिनीहरू आफ्नै दुनो मात्रै सोझ्याउने भए यत्रा जनताले भोट किन दिनुपर्ने ?

अहिलेसम्म विरोधको आवाज भुइँमा नखसालेका बा एकक्षण त अक्क न बक्क भए ।

यत्रो पढिरहँदा पनि अहिलेसम्म विरोधको आवाज भुइँमा नखसालेका बा एकक्षण त अक्क न बक्क भए । तैपनि आफूले यिनैलाई भोट हाल्नुपरेको अवस्था सम्झिएँ र भने “छोरी यिनीहरूले भोट माग्दा घरमै पुगेर तपाईँको घरमै बाटो, गाडी, पानी, अस्पताल, स्कूल, बिजुली, ग्याँस आदि सबै सुबिधा पुर्याइदिन्छौं भनी मिठा आश्वासन दिए, अनि त दिनै पर्यो “।

छोरी : अहिलेको यस्तो जटिल समयमा गाउँघरमा आएर महामारी न्यूनीकरणका लागि पहल गर्नुपर्ने समयमा तिनीहरू केन्द्र मै बसेर कमिसन, पदलोलुपता, भ्रष्टाचारमा किन ब्यस्त छन त बा ? समाचार हेर्दा सधैं यस्तै देख्छु ।

बा : सरकार भनेकै कमिसन, भ्रष्टाचार, पद जोगाउने, पद हत्याउने, जनताका पीर मर्का हैन आफ्नै लागि मात्रै मरिहत्ते गर्ने प्रणाली हो कि जस्तो लाग्छ हाम्राे सन्दर्भमा हेर्दा छोरी ।

छोरी : त्यसोभए देश मरेर नै गए पनि, सरकार मरेर गए पनि यमलोकमा यस्तै खेल खेल्छन् त बाबा यिनीहरूले ।

बा : एकछिन गम्भीर हुन्छन्, सोच्छन्, उत्तर पाउँदैनन् ।


अङ्कुर चन्द
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम


(चन्द, बिगत लामो समयदेखि साहित्य क्षेत्रमा रही गित, गजल, लघुकथा लेख्दै आउनुभएको छ । निरन्तर रुपमा साहित्यिक रचना हामीलाई पठाउनु हुने अङ्कुर चन्दमा हार्दिक आभार ब्यक्त गर्दछौ – www.lekhapadhi.com)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 116
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    116
    Shares