ज्ञानेन्द्र शाही माथि सुर्खेतमा सांघातिक आक्रमण


लेखक : लेखापढी      २९ जेष्ठ २०७८, शनिबार १४:०० मा प्रकाशित     
ज्ञानेन्द्र शाही माथि सुर्खेतमा सांघातिक आक्रमण

काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

ज्ञानेन्द्र सहित उनका ड्राइभर टीमका अन्य व्यक्तिहरु माथि एमालेका कार्यकर्ताले फलामकाे रड र बाँसकाे भाँटाहरुले आक्रमण गरेका हुन् । अभियान्ता शाहीले प्रहरी, प्रशासनले सहयोग गर्नुको सट्टा उल्टो आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । शाहीले आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको बताएका छन् ।

मध्यरातीमा आक्रमण भएर लडिरहेका शाहीले अभियान्ता हेमराज थापा सहितको टोलीले उद्धार गरि प्रदेश अस्पतालमा भर्ना गरेका हुन् । प्रहरीले घटनामा संग्लग्न पाँच जनालाई समेत पक्राउ गरेको छ । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।

‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका केन्द्रीय सचिव भिमबहादुर शाहीले करेखोला भन्ने ठाउँमा खाना खाएर बजारतिर फर्किंदै गर्दा मापसे गरेको समूहले आक्रमण गरेको बताए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 346
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    346
    Shares