गौतम बुद्धको यी कुराले बनाउने छ तपाईलाई धनी


गौतम बुद्धको यी कुराले बनाउने छ तपाईलाई धनी

मानिसले जति धेरै पैसा कमायो अझ बढी पैसा होस भन्ने इच्छा जागेर आउँछ । हामी मात्र होइन, विश्वभर नै धनी र गरीब बीच एक प्रकारको असमानता रहेको छ। मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् । 

प्राचिनकालका पुस्तकलाई आधार मान्ने हो भने गौतम बुद्ध नेपालको तिलौराकोटबाट भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्न गए । त्यहाँ उनले बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान सबैलाई बाँड्न थाले ।

तिमि धेरै कुरामा धनि छौ, तिमि संग अझै धेरै कुरा छ ।  ‘तिमीले आफ्नो अनुहारबाट मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई हात छन, आवश्यक पर्दा सघाउन सक्छौ...

एकदिनको कुरा हो एकजना गरिब व्यक्ति बुद्ध कहाँ पुगेर आफु किन गरिब भएको भन्दै प्रश्न गरे ।

 ति व्यक्तिलाई बुद्धले जवाफ दिदै भने – ‘तिमीले कहिले कसैलाई केही दिएका छैनौँ, त्यसैले तिमी गरीब भएका हौँ ।’

बुद्धको उक्त कुराले गरिब किसान अचम्ममा पर्यो र आफूसँग अरुलाई दिने केही नभएको बरु साझ बिहानको छाक टार्न गाह्रो भएको कुरा बुद्धलाई सुनायो ।

त्यत्तिकैमा बुद्धले मुस्कुराउँदै जवाफ दिए- तिमि धेरै कुरामा धनि छौ, तिमि संग अझै धेरै कुरा छ ।  ‘तिमीले आफ्नो अनुहारबाट मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई हात छन, आवश्यक पर्दा सघाउन सक्छौ । तिमीसँग मुख छ मिठो बोल्न र कसैको प्रशंसा गर्न सक्छौँ । अब भन तिमी कसरी गरीब भयौँ ? गरीबी तिम्रो मनमा छ । जब मनबाट यो भ्रम हटाउनेछौँ तब तिम्रो गरीबी पनि आफै हटेर जानेछ ।’

तसर्थ हामी मानब धेरै कुरामा धनि छौ, जुन कुरा आफु वरिपरी रहेका सबैलाई निस्वार्थ दिन सक्छौ । पैसा त केवल सिमित समय र कार्यको लागि मात्र हो तर हाम्रो स्वाभाब, असल गुण अमर रहन्छ ।


www.lekhapadhi.com 
email-lekhapadhimedia@gmail.com