साम्राज्यवाद, बिस्तारवाद बिरूद्व कालो झण्डा र व्लाक आउट: रास्ट्रिय सरोकार मंच


[ss_social_share]
लेखक : लेखापढी      २७ जेष्ठ २०७८, बिहीबार १८:०७ मा प्रकाशित     
साम्राज्यवाद, बिस्तारवाद बिरूद्व कालो झण्डा र व्लाक आउट: रास्ट्रिय सरोकार मंच

काठमाडौँ- रास्ट्रिय सरोकार मंच नेपालले शनिबार २९ गते कालो झण्डा र बत्ति निभाएर ब्ल्याक आउट गर्न आह्वान गरेको छ।  राजनीतिको नाममा सरकारले आफ्नो सत्ता र कुर्सि बचाउन रास्ट्रघाती काममा लागेको र देशको स्वाभिमान माथि आच पुर्याउने कार्य गरेको भन्दै बिरोध कार्यक्रम सार्बजनिक गरेको छ । 

No description available. सरोकार मंच नेपालका अध्यक्ष सोम बिक्रम सिंहले एक बिज्ञप्ति जारि गर्दै शनिबार उक्त बिरोध कार्यक्रममा सम्पूर्ण रास्ट्रबादी नेपालीहरुलाई आफ्नो स्थानबाट सहभागिता जनाउन आह्वान गर्नु भएको छ। 

मंचको बिज्ञप्ति:
ठुला पार्टीका दलाली, गुलामी, दास मानसिकता र लम्पसारवादी तथा बिदेशी सामु घुँडा टेक्ने संस्कारले गर्दा आज जनता निरीह बन्दै र देश भड्खेलोमा जाकिदै छ। राष्ट्रघाती तथा देशद्रोही उपाध्याय र मिश्रद्व्यद्वारा भारतमै जग्गा जमिन तथा श्री सम्पत्तिका साथै त्यहि भुमिमानै संरक्षण प्राप्त हुने लोभमा जन्मभुमी माटोलाई घात गरि सुगौली सन्धीमा सहि धस्काए पछि शुरूवात भएको देशघाती कार्य हाल प्रधानमन्त्रीको कुर्सि जोगाउनको निम्ति बेला बेलामा प्रयोग हुँदै आएको सर्वबिदित्तै छ। राणा शासन उखालेर आएको प्रजातन्त्र पश्चात् कोईराला दाजुभाईको प्रधानमन्त्रीको कुर्सिको लडाईमा कोशी २०१० मा मातृकाप्रसाद कोईराला, नेपाली काँग्रेसले पद जोगाउनको निमीत्त राष्ट्रले कोशी चुकाउनु पर्यो। गण्डकी वी पी कोईरालाले २०१६ सालमा भने महाकाली आजका आठ दल कुर्सि र जनताको व्यबस्था प्रजातान्त्रको नाममा राष्ट्रले चुकाउनु पर्यो। रअका प्रमुख बिश्वासपात्र सुर्य बहादुर थापाले तत्कालिन शासक बर्गलाई पञ्चायत जोगाईदिने प्रलोभनमा पारि तत् समयमा बन जङ्गल फडानी गरि देशको अमुल्य प्राकृतिक सम्पदा कौडिको मुल्यमा भारत बिहारको रेलवे सञ्जाल बनाउनको निमित्त नष्ट गर्न राज्यलाई बाध्य बनायो। सो व्यक्तिले जनमत संग्रहमा पञ्चायत जिताउने ललिपप देखाई लाखौं बिहारीलाई नागरिकता सिहजै दिए। १० जुन १९९० मा प्रम के. पी. भट्टराईले ईण्डियासँग गरेको समझ्दारीमा भारतले नेपालको अस्तित्व बिहीन हुनेखाले लामै सुत्र छन्। बाबुराम भट्टराईले जुवा खेलें भनेर गरेको सन्धिमा नेपाल अब ईन्डिया र चीन तिर मर्ज र सब मर्ज हुन सक्ने संकेत गरेका थिए, बिप्पा सम्झौता, नेपाललाई फाईदा नहुने काली गण्डकी सम्झौता गरे। नेपालको गौरवशाली योजना कर्णाली, सिक्टा, कन्काई हाईड्याम ईन्डियाले तत्कालीन पार्टीका नेता यानी भुमिगत गिरोह परिचालित गरि योजना क्षत बिक्षेत बनाए। सिक्टा आयोजनाका ठेकेदार राप्रपाका नेता बिक्रम पाण्डेले चार दशकमा पनि योजना पुर्ण गर्न नसकेकोमा शंकास्पद भुमिका देखिन्छ। राष्ट्रपतिको लोभमा फसि गिरिजाले २०६३ सालमा नागरिकता बिधेयक ल्याई शुरुमा ४४ लाख ईन्डियनलाई नागरिकता दिलाएका थिए। जसको नतिजा ईन्डियाको वर्तमान केन्द्रीय मन्त्री स्तरको भनाई अनुरूप एक करोड ईण्डियनले नेपाली नागरिकता लिएर बसेका छन्। अङ्गिकृत नागरिकताको भरिपुर्ण फाईदा लिन बिदेशी दलाल राष्ट्रिय जनमत पार्टी खोली तम्तयार भएर तराईमा मधेशीको आवरणमा बसिरहेका छन्। नेपाललाई फिजीकरिण र सिक्किमीकरण पथमा लतार्न प्रचण्ड पथ आविस्कार गरि ईण्डियामा प्रशिक्षण दिलाई १० वर्षे जनयुध्द गराए। त्यहि दलालहरूलाई प्रयोग गरि दिल्लीमा १२ बुँदे सम्झौता गराई नेपाललाई निरीह बनाए। पश्चिमाले एमसिसी संसदको बहुमतबाट पास गर्न हत्कण्डा प्रयोग गरि कम्युनिस्ट पार्टी एक गराए। तर कम्युनिस्ट भित्रैको कुर्सी खिचातानीको प्रभावमा आफ्नो अभिष्ट पुरा नहुने देखेपछि ईण्डिया र पश्चिमालाई फेरि एक ठाउँमा आएर खेल्ने सुवर्ण अबसर मिल्यो। तत्अनुरूप नेपाल कमजोर पार्ने एजेन्डा लिई पार्टी फुटाई ठुलो चलखेल गर्न बाटो खुल्यो। संसद भङ्ग गरि अंङ्गिकृते नागरिकका हुल लिएर भारतको टट्टु केपिले फेरि राष्ट्रपतिको सहारामा नागरिकता बिधेयक ल्याई भुमिपुत्र कमजोर पार्ने षडयन्त्र रचे। अङ्गिकृते राजेन्द्र महतोले मन्त्रीको सपथसँगै बहुलराष्ट्रको अबधारणा पेस गरि राजपाको एजेन्डा अनुरूप छुट्टै राष्ट्रको परिकल्पना सफल बनाउने घोषणा गरिसकेका छन्। दलालका झुण्डले नदिनाला, प्रकृतिक सम्पदा, भुमि, नागरिकता बेचेर नपुगेपछि गिट्टी, बालुवा, माटो बेच्ने निहुँमा चुरे भावर ध्वष्त पार्ने कानुनै बनाई अघि बढे। निकट भविष्यमा नै पश्चिमाको ईशारा अनुरूप चली र राष्ट्रपतिले बिधेयक ल्याई एमसिसी पास गर्ने प्रपञ्च पनि प्रष्ट छ।

यो सबै लामो भुमिका बाँध्नुको अर्थ केहो भने यति बिध्न हुँदा पनि किन जनता जाग्दैनन् त भन्ने प्रश्न उव्जिएर हो। राष्ट्र नै सिद्विने अबस्था भई सक्दा पनि जनता किन सुतेर बस्छन् र जाग्दैनन् भनेर जगाउन प्रयत्न मात्रै हो। जुन किसिमले जनता भोक, रोग र अबस्थामा बाँचिरहन्छ त्यो बिदेशीको लागि तिनले प्रयोग गरेको सुत्र सफल भईरहेको मान्यता हुन्छ र नेपाल कब्जा गर्न सहज हुन्छ। बिदेशीले दलाल प्रयोग गरेर यस्तो अबस्था सिर्जना गर्छ जहाँ जनता अरू केहि नसोची भोक लाग्यो भनेर मात्रै मन्त्र जपि रहन्छ। अन्ततोगत्वा बिदेशीलाई भोको पेट भर्न आव्हान गर्छ। आफ्नो अस्मिता लुटिन्जेल र चेलीबेटी बलत्कृत हुनून्जेल पनि कुनै बिरोध जनाउन सक्दैन, सिर्फ भोको पेट भर्न खाना देउ मात्रै भनि रहन्छ।
तसर्थ जनता बेलैमा जागौं, बुझौं र देश जोगाउँ।
यहि आउँदो ज्येष्ठ शुक्ल द्वितीया , जेष्ठ २९ गते शनिबार साँझ १९:००(७ बजे बेलुका) बजे देखी १९:१९ सम्म साम्रज्यवाद र बिस्तारवाद, बिदेशीका दलालहरूले ल्याएको नागरिकता बिधेयक र अङ्गिकृतेको ईण्डियाको अभिष्ट पुरा हुने बहुल राष्ट्र अभियानको बिरूद्व कोरोना कहरलाई मध्यनजर गरि आ-आफ्नै घर-घरमा बसी कालो झण्डा देखाएर बिरोध जनाउन हामी राष्ट्रिय सरोकार मञ्च हार्दिक आव्हान तथा बिनम्र अनुरोध गर्न चाहन्छौं। साँझ १९:१९( बेलुका ७:०० बजे पश्चात साँझ १९:५०( बेलुका ७:५० मिनेट) सम्म आ-आफ्नो घरमा बत्ती निभाएर व्लाक आउट गरि बिदेशी दलाल, लम्पसारवादी, गुलाम, दास तथा टट्टुहरूले लादेको राष्ट्रघाती तथा देशद्रोही कदमको बिरोध जनाई दिई सम्पुर्ण राष्ट्रवादी तथा देशभक्तहरूले आव्हान गरेको यस ऐतिहासिक कदमलाई सहयोग, समर्थन, साथ दिई भागिदार भईदिन हुन अनुनय बिनय गर्दै हार्दिक आव्हान गर्न चाहन्छौं। धन्यवाद। ईति। जय कर्मनिष्ठ। ॐ जय शिव श्री शिव गोरख।
सोम बिक्रम सिंह
कर्मनिष्ठ अभियन्ता तथा केन्द्रीय अध्यक्ष ( राष्ट्रिय सरोकार मञ्च नेपाल)।
100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •