पूर्ब वनमन्त्री आलेको बिदाई: नागरिकका सेवामा काम गर्ने प्रतिबद्दता


पूर्ब वनमन्त्री आलेको बिदाई: नागरिकका सेवामा काम गर्ने प्रतिबद्दता

काठमाडाैं । निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सदैब कटिबद्ध रहने बताएका छन् । मन्त्रालयलले आज सिंहदरबारमा गरेको बिदाइ कार्यक्रममा उनले आफू मन्त्री नरहँदा पनि नागरिक र देशको सेवामा सधैँ लागिरहने बताए ।

आफ्नो पाँच महिने कार्यकालमा मन्त्रालयमा रहेर विभिन्न विकासका काम भएको स्मरण गर्दै उनले नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने काम तत्काल गर्नसमेत कर्मचारीलाई आग्रह गरे । 

पछिल्लो समय विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारसँगै कर्मचारी पनि लाग्नु पर्नेमा उनले जोड दिए । सो अवसरमा आलेले आफूलाई विश्वास गरेर जनताको सेवा गर्ने मौका दिएकामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव डा प्रेमनारायण कडेँललगायतका कर्मचारीले निवर्तमान मन्त्री आलेसँग काम गर्दा निकै सौहार्दपूर्ण भएको बताए । –रासस