ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार


लेखक : लेखापढी      २७ जेष्ठ २०७८, बिहीबार १८:३८ मा प्रकाशित     
ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले सदनमा राखेको विश्वासको मत प्रस्ताव फेल भएको छ । 

ठूलो दलका नेताको हैसियले गत वैशाख २९ गते गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री गुरूङले विश्वासको मत नपाएसँगै अब नया सरकार गठनको अर्को प्रक्रिया शुरु हुनेछ।

आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।

भोलि शुक्रबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने सभामुख नेत्रप्रसाद अधिकारीले बताएका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!