काठमाडौं । जेठ २७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन यही २०७८ भाद्रमा हुने बताएका छन् । उनले महाधिवेशका बारेमा कुनै भ्रम नपाल्ने सम्पुर्ण नेता कार्यकर्तालाई आश्वस्त पारेका छन् ।
देउवाले महाधिवेशन पार्टी जीवनका लागि एक महत्वूर्ण राजनीतिक अभियान र पार्टीको जीवन्तताका लागि महायज्ञ भएकोले आफूले बुझेको र यसलाई सम्पन्न गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
असार र साउन महिनामा तयारी गरेर भाद्रमा महाधिवेशन गने र यस कार्यमा पार्टीका नेता कार्यकर्ताले स्वास्थ्य सजगताका साथ लाग्न आव्हान समेत गरेका छन् ।