दु:खै दु:खका खात माझ जीवन आज चलेको छ
दनदनी भोकको आगो पेटभरि जलेको छ
हुरीजस्ता सपनाहरू बतास बनि हराईदिदा
र पो जीबन गोधुलीको घाम जस्तै ढलेको छ
ब्यक्ति -ब्यक्तिको समाजमा चारैतिर बबाल छ
हर दिन सुखकै खोजमा जीबन ब्यर्थै डुलेको छ
झूटो लाई स्वीकार र सत्यलाई यहाँ शिकार छ
अक्कलले उषाकालमै आफ्नै ठाउँ भुलेको छ
अमृतधारा पिउन खोजे जहर मात्रै फेला पर्दा
कुमालेको चक्रको माटो जस्तै जीवन गलेको छ
रघुविर चन्द,
बेदकाेट, कञ्चनपुर