अनेसासले नौ महिला प्रतिभाको सम्मान गर्ने


[ss_social_share]
लेखक : लेखापढी      २६ जेष्ठ २०७८, बुधबार २२:२६ मा प्रकाशित     
अनेसासले नौ महिला प्रतिभाको सम्मान गर्ने

काठमाडौं । जेठ २६
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलालाई सम्मानित गर्ने भएको छ ।

समाजले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको थियो ।

समितिले साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल निशा, गीता कार्की, शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सिफारिस गरेको छ । यसैगरी गायनमा सपना श्री, अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्न सिफारिस गरेको छ ।

चयन समितिको संयोजक लीला लुइटेल रहेके उक्त समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला सदस्य रहनु भएको थियो । आगामी अगष्ट महिनामा अमेरिकाका एक कार्यक्रम गरी सिफारिस गरिएकाहरूलाई पुरस्कृत गरिने संयोजक अधिकारीद्वारा प्रेषित समाचारमा जानकारी गराइएको शब्दपथले जनाएको छ ।
फोटो ः शब्दपथ

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •