नेपाली कला साहित्य क्षेत्रका दुई महत्वपूर्ण प्रतिभाको निधन


लेखक : लेखापढी      २६ जेष्ठ २०७८, बुधबार २१:०८ मा प्रकाशित     
नेपाली कला साहित्य क्षेत्रका दुई महत्वपूर्ण प्रतिभाको निधन

काठमाडौं । जेठ २६

नेपाली कला साहित्य क्षेत्रका महत्वपूर्ण प्रतिभाको कोरोनाका कारण निधन भएको छ । नेपाली लोकसाहित्यका विद्वान प्रा.डा. मोतीलाल पराजुलीको आज एवम् नेपाली कला क्षेत्रका प्रतिभा एकाराम सिंहको हिजो निधन भएको छ ।

प्रा.डा. मोतीलाल पराजुलीले गण्डकी प्रदेश, पोखरा मूल घर भई त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा लामो समय प्राध्यापन गर्नुभएको थियो । नेपाली लोकसाहित्यको अध्ययन–अनुसन्धानमा महत्वपूर्ण योगदान दिनुभएका प्रा. डा. मोतीलाल पराजुलीले नेपाली लोकसाहित्यसँग सम्बन्धित महत्वपूर्ण पुस्तक प्रकाशनमा ल्याउनु भएको थियो । उहाँ लोकवार्ता परिषद, नेपाल लगायतका संस्थामा आबद्ध हुनुहुन्थ्यो ।

 

एकाराम सिंह नेपाली बालसाहित्यसँग सम्बन्धित चित्रकार हुनुुहुन्थ्यो । उहाँका सिर्जनाले नेपाली बालसाहित्यका धेरै पुस्तक रङ्गिएका छन् । उहाँ नेपाल बालसाहित्य समाज एवम् बालवाङ्मय तथा अनुसन्धान केन्द्रमा सक्रिय हुनुहुन्थ्यो ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!