मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ


[ss_social_share]
लेखक : लेखापढी      २५ जेष्ठ २०७८, मंगलवार १६:२३ मा प्रकाशित     
मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको रिटमा तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश अघि छलफल गर्नुपर्ने भन्दै दुवै पक्षलाई बोलाउने आदेश गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुको कारण १५ दिनभित्र  महान्यायाधिवक्ताको कार्यालय मार्फत दिन आदेश दिएको हो ।

सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको मन्त्रिपरिषद् विस्तार संविधानविपरीत भएको भन्दै यसको बदरको मागसहित सर्वोच्चमा रिट दायर गरिएकाे थियो ।

 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •