“हाम्रो समाज” (काट्ने समाज)


लेखक : लेखापढी      २५ जेष्ठ २०७८, मंगलवार १३:२० मा प्रकाशित     
“हाम्रो समाज” (काट्ने समाज)

कसैले केहि राम्रो गर्न 
खोजो समाज का कुरौटे
कुरा काट्दै हिँड्छन् ।

कसैले केही राम्रो गर्न खोजो 
समाजका कुरौटे भड्काउँदै हिँड्छन् ।

मैले जोडेको सम्पति , उनीहरूको राज समाजका
कुरौटे आफ्नै सम्पति झै 
कुरा काट्दै हिँड्छन् ।

म आफू सक्षम हुन खोज्छु 
उता समाजका कुरौटे ले यो यस्तो उस्तो भन्दै हिँड्छन् ।

मेरा सलबलिएका हात हरुले लेखेका रचना मेरा समाजलाई नराम्रो लाग्दा वास्ता गर्न छोड्छन् 
परेका बेला आफ्नो हुने समाज , 
आज बोल्नै छोड्छन् ।

कलह , अशान्ति, द्वन्द रोक्नु पर्ने ठाउँमा
मेरा समाज त्यसको फोटो, भिडियो खिच्दै बस्छन ।
मर्दा आउनु पर्ने समाज 
आज मेरा समाज अरूका 
घरमा गई मरेको मान्छेको
कुरा काट्दै बस्छन् ।

मैले अर्को जाती संग बिहे गर्दा 
मेरा समाज मलाई कुटेर खेदाउँछन् ।

ती एउटी महिला महिनावारी हुँदा 
छोई लागो भनेर उसले दिएको कुरै छुँदैनन् ।

समाज मा सानो जात बस्दा
मेरा समाज हेपेर बस्छन् ।

कामी दमाई दलित ले दिएको पानी 
मेरा समाजले स्वीकार गर्दैनन् ।

भोकले मरेको त्यो गरीब को घर 
मेरा समाजलाई ती धेरै हुँदा रहेछन् 

धनी देखेको की
मेरा समाज हजुर हजुर भन्दै ढोग्न जान्छन् ।


   ✍️ राकेश दंगाल Rakesh Dangal

100% LikesVS
0% Dislikes
Spread Your Love !!!