आत्महत्या समस्याको समाधान होइन !


लेखक : लेखापढी      २५ जेष्ठ २०७८, मंगलवार १२:२२ मा प्रकाशित     
आत्महत्या समस्याको समाधान होइन !

सामान्यतया कुनै पनि ब्यक्तिले आफ्नो जीवन आफैले समाप्त गर्ने कार्यलाइ नै आत्महत्या भनिन्छ । मानिसले बाँच्न पाउने मात्रै होइन मर्न पाउने पनि अधिकार हुनुपर्छ भन्ने कुरा बहसको बिषय बनेको छ । यस अनुसार बुझ्दा आफ्नो ज्यान माथी ब्यक्ति स्वयंको एकलौटी हक हुनुपर्छ भन्ने बुझिन्छ । तर बुझाइमा अहिलेसम्म हरेक तर्फबाट सहमत हुन सकिँदैन । जोकोही पनि मानिस जन्मिए पछि उसको आफुप्रतिको मात्रै दायित्व नभै परिवार र समाजप्रति पनि विशेष दायित्व हुन्छ । अझ स्पष्ट भन्दा ब्यक्ति स्वयंले चाहेर असजिलो जीवन आउन नसक्ने हुँदा उसले आफ्नो ज्यान आफैले अन्त्य गर्न पनि पाउनु हुदैन । तथापी जब गम्भीर रोग र अन्य बाध्यात्मक कारणले बाँच्नुको खासै अर्थ रहदैन भने त्यस्तो अवस्थामा चाहिँ स्वइच्छाले जीवनको अन्त्य गर्न पाउनुपर्छ भन्ने कुरा चाहिँ दरिलो रहेको छ । 

भावनात्मक रुपमा भन्दा आत्महत्या रहर र रमाइलोका लागि कसैले गर्दैन । हरेक आत्महत्या पछाडि परिस्थिति अनुसारको बाध्यता हुन्छ ।

यस्तै अस्तिमात्र सामाजिक संजाल र जताततै दुःखदायी बनेको घटना सविता भण्डारीकाे आत्महत्याले धेरै जस्तोमा नकारात्मक असर परेको छ । यो एक किसिमको दु:ख लाग्दो र भयानक घटना पनि हो । पारिवारिक यौन हिंसासंग सम्बन्धित उक्त घटनाले अभिभाबक माथि नै बिस्वासको वातावरण टाढिने देखिन्छ भलै उक्त घटनाको सत्यतथ्य प्रहरीले पूर्ण रुपमा छानविन पश्च्यात बाहिर ल्याउने नै छ । भावनात्मक रुपमा भन्दा आत्महत्या रहर र रमाइलोका लागि कसैले गर्दैन । हरेक आत्महत्या पछाडि परिस्थिति अनुसारको बाध्यता हुन्छ । हिजो आज मात्रै होइन यस्तो घटना सदियौ देखि नै चली आएको छ । पारिवारिक सामाजिक परिस्थितिलाई सहन नसकी चितवनकि सबिता भण्डारीले ज्यान गुमाउनु पर्यो । सामाजिक संजालमा देखिए अनुसार पारिवारिक यौन दुर्ब्यबहार सहन नसकी आत्महत्या गरेको भनिएको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ ले आत्महत्यालाई अपाराधिक कार्य नमाने पनि यसको लागि केही नयाँ ब्यबस्था गरेको छ ।

उनको घटनाको प्रकृति हेर्दा प्रहरिको मुचुल्का अनुसार र उनका माइती पक्षको बयान अनुसार आत्माहत्या दुरुत्साहन देखिन्छ । यो घटनाका लागि प्रहरी ठुलो चिन्तनका साथ लागि परेका छन भने अहिले सामाजिक संजालमा घटना संग सम्बन्धित सबुत-प्रामाणहरु ब्याप्त भएको देखिन्छ । आत्महत्या दुरुत्साहनको ब्यबस्था पहिला नेपालमा थिएन तर गत बर्ष भदौ १ गते देखि लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ ले आत्महत्यालाई अपाराधिक कार्य नमाने पनि यसको लागि केही नयाँ ब्यबस्था गरेको छ । जस्तै कोहि ब्यक्तिले आत्महत्या गर्छ र उसलाइ कसैले सो कार्य गर्न दुरुत्साहन गर्छ वा सो गर्न बाध्य तुल्याउछ भने त्यस्तो ब्यक्तिलाई आत्महत्या दुरुत्साहन गरेको कसुरमा फौजदारी सजायको ब्यबस्था गरिएको छ ।

आत्महत्या समाधान होइन:
बर्तमान समयमा आत्महत्याका घटनाहरु दिनहु बढ्दै गएको देखिन्छ तर आत्महत्या नै समस्याको समाधान पक्कै होइन । जीवन जिउने क्रममा अनेक संघर्ष, दु:ख-सुख हामीले भोग्नुपरेको हुन्छ । जीवन यात्राको कर्ममा हामीमा धैर्यता हुनु अति आबश्यक रहेको छ । आफु माथि केहि गलत हुदैछ भने सत्य र न्यायको लागि आवाज उठाउन वा लड्न हामी तयार हुनु पर्दछ । हाम्रो सानो प्रयासले दोषी वा गलत कार्य गर्ने जो कोहि व्यक्ति, संस्थाले कानुन बमोजिम सजाय पाउनै पर्दछ । आफु समाप्त भएर अरुले सजाय पाउने आशा कसरि गर्न सकिन्छ ?  तसर्थ न्याय पाउन आफुले नै अघि सर्नु पर्छ ।

यस घटनाको ब्यबस्था उक्त संहिताको दफा १८५(१)मा रहेको छ ।  हामिले अहिले जति पनि यो घटना अर्थात सबिता घटनामा प्रमाणहरु भेट्छौ सके सम्म साक्षी नै बस्न सक्छौ भने सम्बन्धित निकायमा गएर गरौ । यो जति ठुलो सहयोग अरु केही हुदैन । हुन त अहिले युट्युब, फेसबूक, टिकटक जताततै “justice for Sabita Bhandari” देख्न सकिन्छ । यो भावनात्मक रुपमा राम्रो होला तर खास केही सहयोग भएको पाईदैन र सम्बन्धित निकायहरुले चासो दिएन भन्ने गुनासो वा आरोप-प्रत्यारोपका भिडियोहरु पनि छ्यापछ्याप्ती देखिन्छन ।

त्यसकारण घटनालाई गलत ढंगले प्रचार गरिनु पनि एक गैरकानुनी काम हो, यस्तो भेटिएमा आफै बिरुद्द मुद्दा लाग्ने हुदा धैर्य भएर बोल्न, लेख्नमा सजक हुनुपर्नेछ ।

सामाजिक संजालमा देखिएको आक्रोस र सहानुभूति सत्यतथ्य छानबिन र निस्पक्ष न्यायको लागि दबाब हुनसक्छ तर सामाजिक संजालमा देखिएका कतिपय प्रमाणहरु सतप्रतिसत सत्य नहुन पनि सक्छन । त्यसकारण घटनालाई गलत ढंगले प्रचार गरिनु पनि एक गैरकानुनी काम हो, यस्तो भेटिएमा आफै बिरुद्द मुद्दा लाग्ने हुदा धैर्य भएर बोल्न, लेख्नमा सजक हुनुपर्नेछ । अनाबश्यक नकारात्मकता फैलाउनु भन्दा आफूसंग भएका प्रमाणहरु सम्बन्धित ठाउँ सम्म पुर्याउन सहयोग पो गर्ने होकी ? 

“न्याय सबैका लागि र सधैका लागि” निस्पक्ष तवरले हुनु पर्दछ भन्ने कुरामा जोड दिदै

सबिता भण्डारीमा हार्दिक श्रद्धांजलि !!


सफलता दयाल 
ओखलढुंगा


(दयाल, National law college काठमाडौँमा कानुन अध्ययनरत युवा बिद्यार्थी हुनुहुन्छ । समसामयिक सामाजिक बिषयहरुमा ससक्त कलम चलाउदै आउनु भएको छ)


यहाँहरुका लेख-रचना हामिलाई ईमेल मार्फत पठाउन सक्नुहुनेछ 
इमेल- lekhapadhimedia@gmail.com

100% LikesVS
0% Dislikes
Spread Your Love !!!