रघुविर चन्दका ३ मुक्तक


[ss_social_share]
लेखक : लेखापढी      २५ जेष्ठ २०७८, मंगलवार १२:३७ मा प्रकाशित     
रघुविर चन्दका ३ मुक्तक

 १:-
आँखामा आँसु सामुन्द्रिक छालभन्दा कम छैन
छातीमा बेदना सोमालियाको हालभन्दा कम छैन
न उनको खबर छ मलाई न मेरो उनलाई
हरेकको बँचाई कुनै संकटकाल भन्दा कम छैन

२:-
नरोएर बसेको न रात छ न प्रहर छ
जता जाउ अपराधी ले भरेको शहर छ
दशनङग्रा खियाएर भोलीबाद कुर्दापनि
रोदनका पहाडहरू चुलिएर कहर छ

३:-
मक्किएर घरको भित्ता छाना तप-तप चुन थाले
उजाडियो गाउघर बनपाखा रून थाले
सुर न तालका बेमौसमी बाजा सधै बज्न थाल्दा
आँगनको डिलमा बसी आमा सधै रून थाले


रघुविर भट्ट,
वेदकाेट, कञ्चनपुर

100% LikesVS
0% Dislikes
Spread the love !
  • 325
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    325
    Shares