CEDB Hydropower Development Company Limited (CHDC) ले साधारणलाई निष्काशन गरेको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
त्यस अनुसार बुधबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । नेप्सेले कम्पनी शेयरलाई सिइएचडिसी कारोबार संकेत प्रदान गरेको छ ।