प्रधानन्यायाधीश अस्वस्थ: संवैधानिक इजलास स्थगित


लेखक : लेखापढी      २४ जेष्ठ २०७८, सोमबार ११:१८ मा प्रकाशित     
प्रधानन्यायाधीश अस्वस्थ: संवैधानिक इजलास स्थगित

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ ।

 प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्थानुसार उहाँको अनुपस्थितिमा इजलास सञ्चालन हुदैन ।

प्रधानन्यायीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।इजलास गठनकै विवादमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । उक्त विवादमा ३० वटै रिट निवेदन परेका छन् । मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!