मेरो अपुरो प्रेम


[ss_social_share]
लेखक : लेखापढी      २३ जेष्ठ २०७८, आईतवार ११:५६ मा प्रकाशित     
मेरो अपुरो प्रेम
जिन्दगीका नाममा सुम्पिएको त्यो तन, मन्, सबै अधुरो पारी गयौं 
जीवनका सपनाहरु सबै फुटाएर गयौं ।
 
म बाँच्ने के का लागि 
तिमी थियौ मेरा लागि 
 
अहँ, अब भन्दिन म तिम्रा लागि बाँच्छु भनेर 
अहँ, अब भन्दिन तिमी चाहिन्छ भनेर ।
 
म जे छु बाँच्छु आफ्नो संसारका लागि 
म जे छु, सजाउँछु  आफ्नो मन्का लागि 
 
कोपिलाबाट फक्रिएको फूल फुल्ने बन्छु म आफू 
फूलबाट सप्रेको चल्लो झै सप्रिएको बन्छु म आफु ।
 
तिमी खुशी जहाँ छौ त्यही जाउ 
तिमी सुखी कहाँ हुन्छौं त्यही जाउ
 
मलाई अब आफ्नो दुनिया मा रम्न देऊ
मलाई अब आफ्नै दुनियाँमा भुल्न देऊ
 
मलाई आफ्नो शरीर रक्ताम्मे बनाउन देऊ 
मलाई आफ्नो शरीर जलाउन देऊ 
 
तर मेरो बाटो मा छेक्न नआउ
मलाई मेरो मुटु फुटाउन नआउ ।
 
तिमी आफ्नो खुसीको प्रेम को बाटो रोज
तिमी आफूलाई सुख मा राख्ने मान्छे खोज
 
मेरो विन्ती स्वीकार


✍️ राकेश दंगाल @Rakesh Dangal

100% LikesVS
0% Dislikes
Spread the love !
  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares