मेसेज अनसेन्ट


लेखक : लेखापढी      २३ जेष्ठ २०७८, आईतवार १२:३४ मा प्रकाशित     
मेसेज अनसेन्ट

जब जब पठाएको म्यासेज
कसैले अन्लाईन हुँदै गर्दा पनि सिन गर्दैन,
तब बिरक्त लाग्दो रहेछ,
पठाएको म्यासेजलाई  नै
फिर्ता बोलाउन मन लाग्दो रहेछ।

सेकेन्ड मै मेसेज अनसेन्ट गरेर
मेसेजलाई फिर्ता पनि बोलाइदो रहेछ,
अनि ऊ पनि लुरुक्क परेर फिर्ता आइहाल्दो रहेछ।

कस्तो अचम्म अचम्मको हर्कत हुदो रैछ है
यो एक्काइसौं शताब्दीमा!!

मेसेज अनसेन्ट गरेर मेसेजलाई फिर्ता बोलाए जस्तै गरि,
कोभिडका कारण अकालमै मृत्यु भएका
ती हजारौ व्यक्तीको गइसकेको सासलाई
अनसेन्ट गरेर
फिर्ता बोलाएर
जीवन जिउन दिन पाए
कस्तो आनन्द हुन्थ्यो होला है।

कोरोनाको कारण हराएको
त्यो खुसीलाई पनि अन्सेन्ड गरेर
फिर्ता बोलाउन पाए
कस्तो आनन्द हुन्थ्यो होला है।

महामारीको बेला पनि
भ्रष्टाचार गर्न नछोड्ने
करोडौं सम्पती मात्र थुपार्ने खोज्ने
सिङ्को चाहिँ भाच्दै नभाच्ने
नालायकहरुलाई  पनि अन्सेन्ट गरेर
फिर्ता बोलाउन पाए
कस्तो आनन्द हुन्थ्यो होला है।

अरु त अरु
मेसेज अनसेन्ट गरेर मेसेजलाई फिर्ता बोलाए जस्तै गरि
राजा विरेन्द्र,कं मदन भण्डारी  जस्ता
राष्ट्रभक्ती व्यक्तीलाई पनि अनसेन्ट गरेर
फिर्ता बोलाएर
नेपाललाई स्वर्गको टुक्रा बनाउन दिन पाए
कस्तो आनन्द हुन्थ्यो होला है।

तर विडम्बना,
यो अनसेन्टको फर्मुला

संजालमा मात्र लागु गर्न मिल्ने रहेछ,
अनि
जीवनमा यो फर्मुला लागू हुने कुरा त
आकाशको फल आँखा तरि मर जस्तै पो रहेछ!!


✍️आयुष बडाल
100% LikesVS
0% Dislikes
Spread Your Love !!!