प्रहरी प्रधान कार्यालयबाट खटिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रकाश अधिकारीको टोली सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको छ ।
शनिबार हेलिकप्टर मार्फत दार्चुला पुगेको टोली छाङरु र तिङ्कर क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको हो । भोगोलिक कठिनाईका कारण प्रहरीले भोग्नु परेका समस्याहरु बारे अध्ययन समेत गरेको छ ।