बुर्किना फासोमा बन्दूकधारी समूहको आक्रमणमा कम्तिमा १३२ को मृत्यु


बुर्किना फासोमा बन्दूकधारी समूहको आक्रमणमा कम्तिमा १३२ को मृत्यु

अफ्रिकी राष्ट्र बुर्किना फासोको उत्तरी क्षेत्रको एक गाउँमा बन्दूकधारी समूहको आक्रमणका कम्तिमा १३२ जना सर्वसधारणको मृत्यु भएको छ । बुर्किना फासोको सरकारले शनिबार भएको घटना पछिल्ला वर्षहरुको सबैभन्दा हृदय विदारक रहेको जनाएको छ ।
बीबीसीका अनुसार सोल्हनस्थित घर र स्थानीय बजारमा आगजनि गरेर नष्ट पारिएको छ । घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् । संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरसले आक्रोश बनाएको प्रतिक्रिया दिनुभएको छ ।
बुर्किना फासोका राष्ट्रपति रोच कबोरेले तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । दानवीय प्रबृत्तिका बिरुद्ध हामी सबै एक हुनुपर्ने बुर्किना फासोका राष्ट्रपति कबोरेले प्रतिक्रिया दिनुभएको छ ।
सोल्हनबाट करिब १५० किलोमिटर उत्तरस्थित टादर्यात गाउँमा शुक्रबार १४ जनाको हत्या गरिएको थियो । गत् महिना मात्रै पूर्बी बुर्किना फासोमा भएको एक आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको थियो ।
बुर्किना फासोमा पछिल्लो दिनहरुमा सुरक्षा संकट चुलिदो छ । बन्दूकधारी समूहले बन्धक बनाउने, अपहरण र हत्या गर्ने श्रृखंला चलेको छ । गाेरखापत्र