एकजना निकै गरिब विद्वान थिए । उनि रात अबेर सम्म अध्ययन गरि बस्थे ।
सदाझै उनि एक रात अध्ययानमै ब्यस्त थिए । ति विद्वान अध्ययन सकेर दियो निभाउदै आफ्नो बिस्तारामा पल्टिए ।
जब बलिरहेको सानो दियो निभाए उनि अचम्भित भए । बाहिर चन्द्रमाको उज्यालो चकमन्न थियो । चन्द्रमाको उज्यालो उनको कोठा सम्म पुग्यो ।
ति विद्वान हैरान भए, जब सम्म सानो दियो बलिरहेको थियो बाहिरको चकमन्न उज्यालो रोकेर राखेको थियो र भित्रको दियो निभ्ने बितिक्कै बाहिरको प्रकास भित्र सम्म पुग्यो ।
त्यसरी नै हामीले पनि आफ्नो जीवनमा घमण्ड, अहंकारको सानो दियो जलाईराखेका छौ, जसको कारण जीवनमा आबश्यक प्रेम, खुशी, मनोरंजन बाहिर राखेका छौ, हामि सम्म पुग्न सकेको हुदैन ।
तसर्थ आफ्नो मन भित्रको अहंकार, घमण्ड लाई त्याग गर्न सके मात्र जीवनमा खुशी, आनन्द र सफलता प्राप्त गर्न सकिन्छ ।
हामीलाई ईमेल मार्फत यहाँहरुका रचना पठाउन सक्नुहुनेछ!!
lekhapadhimedia@gmail.com