मधुसूदनप्रसाद घिमिरेका दुई लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      २२ जेष्ठ २०७८, शनिबार १४:२३ मा प्रकाशित     
मधुसूदनप्रसाद घिमिरेका दुई लघुकथा

नाक

“मेरो जस्तो ठाडो नाक राख्न कस्ले सक्छ ? फलानाको छोराको फरक जातको केटी बिहे गरेछ । छोरालाइ काबुमा राख्न नसक्ने फलानो ।”

“तुइरेले त बाहुनको छोरो भएर के गर्नु । जे पनि खान्छ । न जातको ठेगान, न भातको ठेगान । मुस्मुन्द्रेले यस्ता नीतिका कुरा पुराना चलन निकै देखेकै हो, भोगेकै हो । उसले धोती फेरेर पिर्कामा बसेर भात खान्थ्यो । कुनै जमानामा दैनिक भात खाएपछि धोती धुनुपर्ने थियो ।”

त्यो बेलामा मुस्मुन्द्रे म बाहुन भनेर अण्डा खाँदैनथ्यो । उसले बाउ बाजेको नाक जोगाएको सम्झिन्थ्यो, जनै लगाएको सम्झन्थ्यो ।

मान्छेले समाजमा चलेको भन्दा नयाँ कुरा गरे भने, कुनै मानिस परिवर्तनगामी भए भने समाजले कुरा काट्दथ्यो ।

दस पैसामा अण्डा पकाएको खान पाइने बेला थ्यो । त्यो बेलामा मुस्मुन्द्रे म बाहुन भनेर अण्डा खाँदैनथ्यो । उसले बाउ बाजेको नाक जोगाएको सम्झिन्थ्यो, जनै लगाएको सम्झन्थ्यो ।

घरभित्र अचानक कुखुरा पस्यो भने सवै घरभित्र बाहिर लिपपोत गरि बाहुन पढाउन पथ्र्यो । रुद्री पढाइन्थ्यो । अहिले समयले पल्टा खाँदै गयो ।

फेरि हाम्रा बुझक्कडहरुले आफ्नो गौरवान्वित नाक छोपिरहनुपर्दा हाम्रा तेत्तीस कोटी देवतालाई गुहार्न सक्छन् ।

आज कोरोना भाइरस आयो । ती सबै वर्गको नाक छोप्यो । नरहे बाँस, नबजे बाँसुरी, कस्को नाक गयो वा रह्यो । अब अरुको नाक गयो भन्नेले पनि आफ्नो नाक देखाउन सकिरहेका छैनन् । क्या बात कोरोना नानी, घमण्डीको सेखी झार्ने तिम्रो बानी । अब नगर आनाकानी, यी सबैले चेतना पाए । तिमीले जे गर्यौ, समयले अह्राएको गर्यौ । यो पुण्यभूमिमा तिम्रो कल्याण नहुनसक्छ । फेरि हाम्रा बुझक्कडहरुले आफ्नो गौरवान्वित नाक छोपिरहनुपर्दा हाम्रा तेत्तीस कोटी देवतालाई गुहार्न सक्छन् । ती देवता जागे भने तिम्रो नाश पनि हुनसक्छ । हाम्रा चेतना भया । तिमी भागिहाल ।

फुफुको श्राद्ध

यौटा कन्सुत्लो सुलुलु हिँडेर मन्त्रि क्वार्टर पुगेछ । त्यहाँको भित्तामा टाँसिएर सवै क्रियाकलाप हेर्दाेरहेछ । बैठकमा भएका छलफल पनि सुन्दो रहेछ । मनमा गुन्दो पनि रहेछ । कोही आउँदा रहेछन् । जनकपुरको माछा ल्याउँदा रहेछन्। ।

“यो त हजुर मेरो आफ्नो उत्पादन चिसो पानीका माछा । हजुरलाइ उपहार ल्याएको ।” भन्दै घुँडा मारेर धनुष टंकार गरि हात जोड्दा रहेछन्। अनि आफनो काम पट्याउँदा रहेछन् ।

मन्त्राणीको चाकरीमा अफिसको कर्मचारी पनि पुग्ने गरेको कन्सुत्लाले हेरिरहेछ ।

कोहि चाहिँ सप्रेर फलेको केराको बोटै बोकाएर आउँदा रहेछन्। । अनि काम  पट्याउँदा रहेछन्। मन्त्राणीको चाकरीमा अफिसको कर्मचारी पनि पुग्ने गरेको कन्सुत्लाले हेरिरहेछ । विभिन्न क्रियाकलाप, दिनमा भएको कार्यालयको कामको गफ, गोप्य कोठाका चर्तिकला सबैजसो कनसुत्लाले थाहा पाईरहेछ ।

अस्थायी कर्मचारी नियुक्तिमा भएको मनपरी, सांसद कोष, भत्ता आदि कुरा सुनेर कनसुत्लाले ठानेछ ।

“लौ गर तिमीहरू नै मोजमस्ती । यो देशमा लुटको धन, फुपुको श्राद्ध खुबै फापेको छ ।” कनसुत्लाले गाउँघरको माटाको छाप्रामा बस्ने साथिलाई चिट्ठी पठाएछ । उसले लेखेछ “हेर साथी ! तिमी र तिमीजस्ता बस्ने निरीह गाउँका निश्छल मनहरुलाई भनिद्यौ, काठमाडौंमा त ठुलाठालु सँधै फुपुको श्राद्ध गर्दा रहेछन् । ”


मधुसुदनप्रसाद घिमिरे


(मधुसुदनप्रसाद घिमिरे नेपाली बालसाहित्य एवम् साहित्य क्षेत्रका सिद्धहस्त लेखक मानिनुहुन्छ । आज प्रकाशित लघुकथामा उहाँले वर्तमान समयमा उत्पन्न कोरोना महामारीको सन्दर्भ र मानवीयय प्रवृत्तिलाई प्रस्तुत गर्नुभएको छ त्यस्तै अर्को लघुकथामा राजनीतिक विसंगतिप्रतिको आलोचनात्मक चेत प्रकट भएको छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares