खगेन्द्र बस्यालका दुई लघुकथा
उनी घरायसी कामले काठमाडौं गएकीमा लकडाउनले उतै रोकिन पुगिन् । त्यो कारणले उनले गर्नुपर्ने सवै घरायसी काम स्वतः मैले गर्नुपर्ने भयो । आफूलाई मात्रै खाना पकाउन परेपनि तयारी त पाँच जना बराबरको रहेछ । सामाग्री जोरजाम, पकाउ, खाउ अनि भाँडा मोतीझैं टल्काउ । समय काट्न भने गाह्रो भएन ।
दगुर्दै बैठक कोठामा रहेको मोबाइलमा कतै यो विषयवस्तु चिप्लिन नपावस् भनेर मुलभूत कुराहरु टिप्न लागें । टिप्दै गर्दा बिषयवस्तुले चुम्बकले जसरी तान्यो ।
खाना पकाइरहेको बेला अचानक बिजुली चम्के झैं लघुकथा फुर्यो । दगुर्दै बैठक कोठामा रहेको मोबाइलमा कतै यो विषयवस्तु चिप्लिन नपावस् भनेर मुलभूत कुराहरु टिप्न लागें । टिप्दै गर्दा बिषयवस्तुले चुम्बकले जसरी तान्यो । गहिरिन पुगें । मनमा चम्केको कथालाई खेस्राको रुपमा उतार्न सफल भएँ । निकै खुशी भएँ । त्यसपछि मोबाइलमै लेखिएकोलाई सम्पादन गर्ने जाँगर चल्यो । त्यो पनि सम्पन्न भयो । यौटा युद्ध जितेकै अनुभूति भयो ।
यत्तिकैमा नमिठो गन्ध आयो । दगुर्दै भान्सामा पुगें । भात डढेर हरिबिजोग । ग्यास वरपर भातका उफ्रेका सिताले ताण्डव नृत्य देखाएका, हतारहतार ग्यास निभाएँ । मैले खाना पकाइरहेको छु भन्ने नै बिर्सेको रहेछु ।
मोबाइलमा मिसकलको ताँती, ढोका खोलेर बाहिर हेर्दा त छिमेकीले भने “झ्यालबाट बोलाउँदा पनि नसुन्ने, कस्तो अभिनय गर्न सकेको हँ ।” मोबाइलमा श्रीमतीको सिंह गर्जन सुनियो “कोभिडको महामारीले लकडाउन भइरहेको बेला पनि मोबाइल घरमै छोडेर कता हो लखरलखर ।”
यो स्थिति हेर्दा लाग्यो, धन्य लघुकथा मात्रै लेखेको रहेछु । अझै लामो कथा लेखेको भए आज मेरो के गति हुने थियोे । यो लघुकथा बाहिरको आफ्नै बिर्सन नसकिने कथा देखेर मलाई निकै डर लाग्यो ।
सँधै देखादेख भयो कि चिया पिउनु भयो, भात पकाउन शुरु भयो कि, केको तरकारी पकाउँदै हुनुहुन्छ भन्ने जिज्ञासा मात्रै राखेर गृहिणीहरू आपसमा कुराकानी गरेको सुनेर निरु दिक्क भर्ई । यसैले एकदिन उनीहरू यसरी कुरा गरेको ठाउँमा पुगेर भनी–“आमाहरू, एउटा कुरा सोधुँ है, कसैले दुःख नमान्नुहोला ।”
निरुको गम्भीरता बुझेर तहाँ फूर्तिका साथ कुराकानी गरिरहेकी सिर्जनाले भनिन् “किन दुःख मान्नु भन न के भन्न खोजेकी हौ छोरी !” उसले भनी “सँधै एकाबिहानै तपाईंहरू आपसमा अनावश्यक कुराको मात्रै जिज्ञासा राख्नुहुन्छ, चाहिने कुरा कहिल्यै सोधेको देख्दिन् ।”
सघाइदिन पर्ने केही भए जानकारी पाउँ है आदि भन्नभएको भए त्यसको उचाइ कति हुन्थ्यो, यसतर्फ किन चासो गएन !”
सिर्जनालाई त्यो कुराले छोयो, यसैले सबैको मुख हेर्दै भनिन्, “ल भन त निरु नानी, हामीले कसरी के को जिज्ञासा राख्नुपर्ने थियोे ।”
निरुले सबैको अनुहारको भावाकृतिलाइ ख्याल गर्दै भनी “तपाईंका छोराछोरी उठेकी उठेनन्, आफ्नो गृहकार्यमा जुटेकी जुटेनन्, आफ्नो अमूल्य समय खेर फाल्नान् है, घरमा केही खाँचो छ कि, सघाइदिन पर्ने केही भए जानकारी पाउँ है आदि भन्नभएको भए त्यसको उचाइ कति हुन्थ्यो, यसतर्फ किन चासो गएन !”
सानी निरुको नानी कुराले सबै गृहिणीहरू झस्के । ती मध्येकी गृहिणी पार्वतीले भनिन् “धन्यवाद निरु । तिमीले हाम्रो आँखा खोलिदियौ । साँच्चै निरुले भने जस्तै हामीले सामाजिक चासोका विषयमा आपसमा कुरा गर्ने दिन कहिले आउला ?”
खगेन्द्र बस्याल
(खगेन्द्र बस्याल हाल तिलोत्तमा–९, सरस्वती पथ, रुपन्देहीमा बसोबास गर्नुहुन्छ । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउनु हुने बस्याल लघुकथा लेखनमा सिद्धहस्त मानिनुहुन्छ ।)