रमेश पन्त मितबन्धुको गजल


[ss_social_share]
लेखक : लेखापढी      २२ जेष्ठ २०७८, शनिबार १३:०५ मा प्रकाशित     
रमेश पन्त मितबन्धुको गजल

आस्थाको सुन्दर महल ढलेजस्तो देख्छु आज ।
देश बनाउने तिम्रो देह गलेजस्तो देख्छु आज ।।

मेरो नजर बिग्रियो कि नियत नै तिम्रो त्यस्तो ।
स्वार्थ पूरा गर्न खुट्टा मलेजस्तो देख्छु आज ।।

मेरो गोरुको बाह्रै टक्का गर्ने बानी गएनछ ।
मन तिम्रो भित्रभित्रै जलेजस्तो देख्छु आज ।।

लोभ नगर्नु भन्ने विचार फेरिकन आज तिम्ले ।
पदको तेलमाथि खुट्टा तलेजस्तो देख्छु आज ।।

लोकतान्त्रिक गणतन्त्र भाषामा नै भने पनि ।
कालो मुख छोप्न दुनियाँ छलेजस्तो देख्छु आज ।।

75% LikesVS
25% Dislikes
Spread the love !
  • 169
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    169
    Shares