शैली थिएटरले सर्ट फिल्म ‘हाउस हजबेन्ड’ सार्वजनिक गर्यो (भिडियाेसहित)


शैली थिएटरले सर्ट फिल्म ‘हाउस हजबेन्ड’ सार्वजनिक गर्यो (भिडियाेसहित)

काठमाडौं । कोरोना महामारीका कारण गत वर्ष पुरैजसो लकडाउन भयो । जसका कारण नाटकघरहरूले नयाँ नाटक रिहर्सल र मञ्चन गर्न पाएनन् । नाटकघरहरू पुरै बन्दै भए । नाटकघर सहित सबै जसो सिनेमा हलहरु समेत सबै बन्द नै रहे ।

लकडाउन समयको सदुपयोग गर्दै शैली थिएटरले सर्ट फिल्म निर्माण गरेको छ  । ‘हाउस हजबेन्ड’ (House Husband) शीर्षकको उक्त सर्ट फिल्म शुक्रबार शैलीको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।  

नाटक मञ्चनका लागि तयार आधा दर्जन जति कथामध्ये शैलीका समूहले यही कथालाई रोजेर आफ्नो सृजनशिलतालाई सर्ट फिल्ममा भएपनि जीवित राख्ने प्रयास गरेका छन् ।
 
‘हाउस हजबेन्ड’ श्रीमतीलाई अफिस पठाएर घरको सबै जिम्मा सम्हाल्ने श्रीमानको कथा हो ।

फिल्मको कथा सुवास सुवेदी र निर्देशक बुढाथोकी आफैँको हो । रंगकर्मी सरस्वती अधिकारी, सुवास सुवेदी, शौभाग्य सिंह र बालकलाकार निहारीका खड्काको अभिनय रहेको छ । यस सर्ट फिल्मको निर्देशन शैली थिएटरका निर्देशक नबराज बुढाथोकीले गरेका हुन् भने सम्भव सुवेदीको छायांकन रहेको छ ।

"HOUSE HUSBAND" Nepali Short Movie, Suvash subedi, Saraswati Adhikari. A Film By Nabaraj Budhathoki