लघुकथामा नारी आवाज कार्यक्रम सम्पन्न


[ss_social_share]
लेखक : लेखापढी      २२ जेष्ठ २०७८, शनिबार १४:२४ मा प्रकाशित     
लघुकथामा नारी आवाज कार्यक्रम सम्पन्न

काठमाडौं । जेठ २२
आधुनिक नेपाली लघुकथा फेसबुक समूहको आयोजनामा यही जेठ २१ गते शुक्रवार लघुकथामा नारी आवाज कार्यक्रम सम्पन्न भयो ।

पेजका संस्थापक व्यवस्थापक डा.पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भएको सो समारोहको सञ्चालन पेजकी व्यवस्थापक तारा केसीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कपिल लामिछाने एवम् विशिष्ट अतिथि प्रा.डा. शैलेन्द्रुप्रकाश नेपाल हुनुहुन्थ्यो ।

कार्यक्रममा नारी स्रष्टा हेमलता उप्रेती (इलाम), बन्दना घिमिरे (भक्तपुर), विष्णु भण्डारी (मोरङ), मिसु श्रेष्ठ थपलिया (काठमाडौं), कौशिला अधिकारी (सुर्खेत), प्रभादेवी पौडेल (चितवन), गंगा खड्का (काठमाडौं), रेणु अधिकारी मौनता (काठमाडौ), सीता रेग्मी (मोरङ) शारदा घिमिरे भैल (काभ्रेपलाञ्चोक), चन्द्रा न्यौपाने (काठमाडौं), गंगा आचार्य सापकोटा (काठमाडौं), जमुना पौडेल (मोरङ), इन्दिरा गौतम (आसाम, भारत), ऋचा लुइँटेल (नेपालगञ्ज), पुष्पा सायरा (मोरङ), तारा केसी (काठमाडौं) एवम् रचना शर्मा (चितवन)ले लघुकथा वाचन गर्नुभएको थियो । त्यसरी नै पेजका व्यवस्थापकहरू लक्ष्मीप्रसाद पौडेल, उद्दव प्याकुरेल, राजेन्द्र शर्मा, हरिप्रसाद भण्डारी एवम् प्रमुख अतिथि प्रा.डा. कपिल लामिछानेले पनि लघुकथा वाचन गर्नुभएको थियो ।

आधुनिक नेपाली लघुकथा पेजकी व्यवस्थापक रचना शर्माको स्वागत मन्तव्य, पेजका व्यवस्थापक लक्ष्मीप्रसाद पौडेलको कार्यक्रमको उद्देश्य एवम् पेजका गतिविधिमाथि प्रकाश पार्नुभएको समारोहमा पेजकी सक्रिय सदस्य प्रभादेवी पौडेलले सहभागीका तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वाचित लघुकथामाथि समालोचक हरिप्रसाद भण्डारीले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. शैलेन्दुप्रकाश नेपालले लघुकथाको मानक तथ्यहरू, लघुकथा, छोटा कथा र चुट्किला बिचको भेद बारे सारगर्भित मन्तव्य राख्नुका साथै लघुकथा लेखनमा नारी सहभागिता उत्साहजनक रहेकोमा प्रशंसा गर्नुभएको थियो । प्रमुख अतिथि प्रा.डा. कपिल लामिछानेले साहित्यमा नारी सहभागिता र लघुकथा लेखनको अवस्थाबारे विवेचना गर्नुभएको थियो ।

कार्यक्रममा अन्त्यमा पेजका संस्थापक व्यवस्थापक एवम् कार्यक्रमका सभाध्यक्ष डा पुष्करराज भट्टले नेपाली लघुकथा लेखनका क्षेत्रमा भएगरेका कार्यको चर्चा गर्नुभयो । उहाँले पेजका गतिविधि एवम् अगामी कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम तीन घन्टासम्म निरन्तर चलेको थियो । कार्यक्रमको प्राविधिक संयोजन पेजका व्यवस्थापक राजेन्द्र शर्माले गर्नुभएको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •