संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन, नागरिकता अध्यादेशविरुद्धको रिट सुनुवाइ हुँदै


लेखक : लेखापढी      २१ जेष्ठ २०७८, शुक्रबार १२:२९ मा प्रकाशित     
संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन, नागरिकता अध्यादेशविरुद्धको रिट सुनुवाइ हुँदै

सरकारले ल्याएको नागरिकता अध्यादेश विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई कोरोना संक्रमण भएपछि उनीभन्दा पछिल्लो वरीयताका न्यायाधीश खतिवडालाई संवैधानिक इजलासमा राखिएको हो ।

 रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

नागरिकता अध्यादेशविरुद्धका ६ वट रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!