सुरक्षित प्रशिक्षण स्थलका रुपमा मसानघाट (संस्मरण)


[ss_social_share]
लेखक : लेखापढी      २१ जेष्ठ २०७८, शुक्रबार १२:११ मा प्रकाशित     
सुरक्षित प्रशिक्षण स्थलका रुपमा मसानघाट  (संस्मरण)

गाउँ, बजार सबैतिर प्रहरी, प्रशासनको श्वेत आतंक थियो । त्यसैले गर्दा हामीलाई बैठक, भेलाहरू आयोजना गर्नका लागि स्थानको अभाव हुन्थ्यो । यो २०३४–०३५ सालतिरको समय हो ।

त्यसैले प्रायः मसानघाटलाई हामीले उपयोग गरी कार्यक्रमहरू सञ्चालन गर्याैं । तराईमा खास गरेर दुईवटा गाउँको सिमानामा मरेका मान्छेहरूलाई गाडने र जलाउने गर्ने रहेछन् । त्यसैले सिमानाहरूमा जानु हुँदैन, त्यहाँ त दिउँसै मसान उठेर डराउँछ भन्थे । त्यस्तै रातिमा सिमानातिर जुनकिरीको उज्यालो देखे पनि मसानले बत्ती बाले भन्ने गर्थे । स्थानियवासीले गुनगुन बोलेको आवाज सुने, रातभरि मसान उठेर गुनगुनाएको थियो भन्थे ।

कोही डराए भने म केटी मान्छे भएर त डराएकी छैन, तपाईँहरू डराउनु भएको र ? भनी स्थानियवासीलाई दह्रो बनाउँदै मैले भेला, बैठकको सञ्चालन गरेकी थिएँ ।

त्यसैलाई आधार बनाई मैले तिनाउ खोलाको बगरमा कार्यक्रम सञ्चालन गरेकी छु । कोही डराए भने म केटी मान्छे भएर त डराएकी छैन, तपाईँहरू डराउनु भएको र ? भनी स्थानियवासीलाई दह्रो बनाउँदै मैले भेला, बैठकको सञ्चालन गरेकी थिएँ ।

अलि धमिलो बत्ती बालेर सानोसानो स्वरमा बोल्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्दथ्यो ।

सांगठनिक कामलाई सुदृढ बनाउने र व्यापक बनाउने काममा हामी कार्यकर्तामा अप्रत्यक्ष रुपमा प्रतिस्पर्धा जस्तो हुन्थ्यो । त्यसो भएर जंगली जनावर र प्रतिक्रियावादीहरूसँग हमेशा डर रहन्थ्यो । त्यस बाहेक अन्य कुनै त्यस्तो डराउन दिने, कुनै अदृश्य शक्ति हुन्छ भनी मलाई कहिल्यै विश्वास लागेन । त्यसैले अलि धमिलो बत्ती बालेर सानोसानो स्वरमा बोल्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्दथ्यो ।

दुई चार पटक अभ्यास गराएपछि संगठित व्यक्तिहरूमा जतिजति राजनीतिक चेतना उठ्दै जान्छ, उनीहरूमा एकखालको परिपक्वता आउँदै जाँदोरहेछ ।

एकपटक बुटवलमा पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ सेनाको उल्टो दिशामा त्यस्तै मसानघाट रहेछ । जंगलका बीचमा ढुक्कले कार्यक्रम सञ्चालन भइरहेको त्यो इलाकाको बैठक थियो । अलि चर्को स्वर निकालेर कुनै कमरेडका मुखबाट मान्छेको मसान उठेको हो ? स्वर सुन् त भनेको हामीले सुन्यौं । त्यसपछि त प्रहरीले चाल पाएछन कि भनेर बिचैमा बैठक स्थगित गरेर भागेका थियौं । एकपटक नहरका डिलमा बैठक बस्दा त्यस्तै भएको छ । सेमलारको माठामा सुकुम्बासी बस्ती थियो । त्यता पूर्णप्रकाश शर्मा र हिरादेवी पौडेलको सक्रियतामा एउटा अगुवा कार्यकर्ता भेलाको आयोजना त्यही मसानघाटमै गरिएको थियो । दुई चार पटक अभ्यास गराएपछि संगठित व्यक्तिहरूमा जतिजति राजनीतिक चेतना उठ्दै जान्छ, उनीहरूमा एकखालको परिपक्वता आउँदै जाँदोरहेछ ।

खासगरि भूमिहिन किसान र गरिब किसान जसले वर्षभरि पसिना बगाएर पनि चार महिनाभन्दा पाँच महिना खान पुग्दैन । मजुरी नगरी अन्य पेट पाल्ने उपाय हुँदैन्थ्यो । उनीहरूको मनोबल छिटो उठने र कार्यान्वयनमा समेत इमान्दारीपूर्वक पुर्याउँथे । मेरो जति पनि सांगठनिक कामहरू थियो, प्रायशः आधारभूत वर्षका बिचमा केन्द्रित हुन्थे । मध्यम किसानसम्म अलि बाक्लो काम भएपनि धनी किसानसम्म पुग्दा मेरा क्षेत्रको संगठन पातलिएको हुन्थ्यो । शिक्षक, बुद्धिजीवीहरूसँग पुगेपनि उनीहरूको ढुलमुले चरित्रले गर्दा खासै भरपर्दो संगठन हुँदैनथ्यो ।

भूमिहिन किसान, गरिब किसानका बिचमा मेरो काम केन्द्रित हुन्थ्यो ।

उनीहरू त्यस्ता मसानघाट हुँदा हुने कार्यक्रमहरूमा जान डराउने गर्दथे । मसानले छल्यो भने के हुन्छ ? भनी तर्कवितर्कमा बढी समय खाइदिन्थे । त्यसकारण भूमिहिन किसान, गरिब किसानका बिचमा मेरो काम केन्द्रित हुन्थ्यो । सबै उमेर समूहका बिचमा पारिवारिक हिसाबले राजनीतिक चेतना उठाउन त फलामकै च्युरा चपाउनु पथ्र्यो । त्यसैले पनि आधारभूत वर्षका किसानहरूका कार्यक्रमहरू प्रायशः सजिलो मसानघाटमै सञ्चालन गर्नेगथ्यौं । त्यहाँ जाँदा कम जोखिम हुन्थ्यो ।


शान्ता मानवी


(शान्ता मानवी लामो समय भूमिगत जीवन बिताउनु भएकी राजनीतिज्ञ हुन् । नेकपा (एमाले) को नेतृत्व तहमा रहेर काम गरेकी मानवीले नेपाल सरकारको पशुपंक्षी मन्त्रीको जिम्मेवारी समेत वहन गरिसकेकी छिन् । यो संस्मरण मानवीको प्रकाशोन्मुख संस्मरण कृतिबाट लिइएको हो ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  • 256
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    256
    Shares