हीनताबोध: लघुकथा


लेखक : लेखापढी      २१ जेष्ठ २०७८, शुक्रबार १२:५६ मा प्रकाशित     
हीनताबोध: लघुकथा
उसको साहित्यिक माहौल राम्रो सँग जमिरहेको थियो । उसका रचनाहरू विभिन्न अन्लाईन पत्रिकाहरू तिर छापिरहन्थेँ ।
जे जस्तो रचना भए पनि कमेन्टहरूमा प्रायः वाह ! वाह ! सुन्दर दमदार, गजब ,यस्तै रेडिमेड बधाई र शुभकामनाहरू नै हुन्थे ।
एउटा साहित्यकार मित्र भएको नाताले म पनि कहिलेकाहीँ हतारमा यस्तै रेडिमेड कमेन्ट लेखिदिन्थे ।
एउटा साहित्यकार मित्र भएको नाताले म पनि कहिलेकाहीँ हतारमा यस्तै रेडिमेड कमेन्ट लेखिदिन्थे । उ पनि खुसी हुन्थ्यो र हार्दिक आभार धन्यवाद प्रकट गर्ने गर्थ्यो ।
अन्लाईनमा प्रकाशित हुने रचनाहरू पढ्नको लागि त्यो लिङ्कमा क्लिक गर्ने पर्ने हुन्छ । स्लो वाई फाई हुँदा लिङ्क खोलेर पढ्न सारै झर्को लाग्ने । डाटा बाट खोल्नुपर्दा झनै मुस्किल हुने र ब्यालेन्स पनि घट्ने ।
त्यहाँ धेरैको बधाई र शुभकामनाका कमेन्टहरू मात्र ओइरो लागेको रहेछ । मैले पनि एक कदम अगाडि बढेर पढ्दै नपढी लेखिदिए ” “अत्यन्तै सुन्दर लघुकथा” ।
एक दिन एउटा राष्ट्रिय दैनिक अन्लाईनमा उसको रचना प्रकाशित भएको रहेछ । मैले धेरै कोसिस गरे त्यो लिङ्क खोलेर पढ्न तर सकिन । मेरो मोबाइलमा डाटा नेटवर्क कमजोर थियो । त्यहाँ धेरैको बधाई र शुभकामनाका कमेन्टहरू मात्र ओइरो लागेको रहेछ । मैले पनि एक कदम अगाडि बढेर पढ्दै नपढी लेखिदिए ” “अत्यन्तै सुन्दर लघुकथा” ।
 
बेलुकी घरमा आएर फेसबुक खोलेर हेर्दा मेरो कमेन्टमा उसको प्रतिक्रिया आएको रहेछ “मित्र यो लघुकथा होइन कविता हो “
म स्तब्ध र हीनताबोधले ग्रसित भएँ ।

किशन पौडेल

°°
हेटौंडा 

————-